विशेष समाचार

नेपाली जनसम्पर्क समिति कतारको १७ औ स्थापना दिवस सम्पन्न 

दर्शन सुनार/कतार । नेपाली जनसम्पर्क समिति कतारले १७ औ स्थापना दिवस तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  नेपाली जनसम्पर्क समिति कतारका सभापति अजिज अलिको सभापतित्व तथा नेपाली काङ्ग्रेसका महामन्त्री एवं माननिय गगन कुमार थापाको प्रमुख आतिथ्यतामा शुक्रबार दोहाको प्लाजा ईन होटेलको सभाहलमा भब्यताका साथ सम्पन्न भएको हो । सभाका प्रमुख अतिथि तथा काङ्ग्रेसका महामन्त्री थापाले सभालाई सम्बोधन गर्दै देश बिकाशमा राज्यलाई प्रतिफल नदिने कुनै पनी पुर्वाधारका काम र

आज असार १५: राष्ट्रिय धान दिवस मनाइँदै

काठमाण्डौं । आज धान दिवस मनाइँदै छ। आज असार १५ अर्थात्, राष्ट्रिय धान दिवस । वि.स. २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषिप्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो।त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्।आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा

अवरुद्ध कर्णाली राजमार्ग पुन: सञ्चालन

कालीकोट । पहिरोका कारण आज बिहानदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । गए राति परेको वर्षाले पहिरो जाँदा कालिकोटको सिमानामा पर्ने शुभकालिका–१ दहीखोला र कालेखोला बीचको गगने खोलामा पहिरो गएको थियो । कालीकोट खण्ड अवरुद्ध हुँदा यो राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि आवतजावत बन्द भएको थियो । अहिले राजमार्ग खुलेपछि यातायातका साधन चल्न थालेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । पहिरो हटाएपछि अहिले राजमार्ग सुचारु  भएको जिल्ला 

ट्याक्टर दुर्घटनामा ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । गुल्मीको तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा मालिका गाउँपालिका–२ का ६ वर्षीय शिव विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउनेबित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो । दुर्घटनामा ट्याक्टर चालक गुल्मीको

ठाउँठाउँमा पहिरो खस्दा कर्णाली राजमार्गमा आवतजावत ठप्प

दैलेख । भारी वर्षाको कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने दहीखोला र कालिखोला बीचको सडक अवरुद्ध भएको हो । गएरातिदेखी कर्णालीमा भारी वर्षा हुंदा आएको बाढी र पहिरोले दैलेख–कालिकोटखण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।दहीखोला र कालिखोलाबाहेक दैलेख खण्डकै पादुका र साँगेतडाको बीचमा पनि ५ स्थानमा सडक अवरुद्ध

एसईईमा १८६ विद्यार्थीले ल्याए ४ जीपीए

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । जसअनुसार १८६ जनाले ४ जीपीए ल्याएका छन् भने ४७.८६ प्रतिशत विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०८० मा एसईई दिएकामध्ये ५२.१४ प्रतिशत विद्यार्थीहरू ननग्रेडेड भएका छन् । ननग्रेडेड भएका २ लाख ४२ हजार ९२ ले कक्षा ११ मा पढ्न नपाउने भएका छन् । त्यस्तै २२१ जनाको परीक्षा रद्द

एसईई नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विधार्थीमात्रै उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको कक्षा १० माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएका बोर्डले जनाएको छ । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने

स्वास्थ्य मन्त्रालयो आग्रह, जंगली च्याउ नखानु

काठमाडौं । जंगली विषालु च्याउ खाँदा हरेक बर्ष धेरैको संख्यामा मृत्यु हुने र बिरामी पर्ने गरेका छन । एक साताभित्र मकवानपुरमा तीनजनाको मृत्यु भएको छ भने १६ जना बिरामी परेका छन् ।  यो त भयो पछिल्लो एउटा उदाहरण, यो मौसममा जंगली च्याउ खाएर ज्यान गुमाउने गरेका समाचार दैनिकजसो आउँछन् । त्यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि जंगली च्याउ नखान आग्रह गर्दै आएको छ ।  वर्षा ऋतुको आगमनसँगै जंगली च्याउ

लमजुङमा पहिरोले ३ घर बगाउदा ४ जना बेपता

लमजुङ । अविरल वर्षापछि आएको बाढी र पहिरोले लमजुङमा घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ पच्यु टोलमा गएराति गएको पहिरोले तीनवटा घर बगाउँदा चारजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिए । पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको उनले बताए । घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले बताए । उनका अनुसार उद्धारका लागि नेपाल आर्मी,

प्राबिधिक कारणले ‘आँखा’ को प्रदर्शन रोकियो

काठमाण्डौं । असारको १४ गते शुक्रबारदेखी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँखा’ तोकिएको समयमा प्रदर्शन नहुनेभएको छ । जौन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रको केही प्राविधिक कारण देखाउँदै निर्माण टिमले असार १४ गते पोस्टपोन्ड गरेको हो । रिलिज हुने नयां मिति एक सातामा फाइनल गरिने निर्देशक योञ्जनका बताए ।  लामा सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा निर्देशक योञ्जनकै कथा, पटकथा र लगानी रहेको छ ।  सामाजिक कथामा निर्माण गरिएको चलचित्रमा