विशेष समाचार

लमजुङमा पहिरोले ३ घर बगाउदा ४ जना बेपता

लमजुङ । अविरल वर्षापछि आएको बाढी र पहिरोले लमजुङमा घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ पच्यु टोलमा गएराति गएको पहिरोले तीनवटा घर बगाउँदा चारजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिए । पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको उनले बताए । घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले बताए । उनका अनुसार उद्धारका लागि नेपाल आर्मी,

प्राबिधिक कारणले ‘आँखा’ को प्रदर्शन रोकियो

काठमाण्डौं । असारको १४ गते शुक्रबारदेखी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँखा’ तोकिएको समयमा प्रदर्शन नहुनेभएको छ । जौन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रको केही प्राविधिक कारण देखाउँदै निर्माण टिमले असार १४ गते पोस्टपोन्ड गरेको हो । रिलिज हुने नयां मिति एक सातामा फाइनल गरिने निर्देशक योञ्जनका बताए ।  लामा सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा निर्देशक योञ्जनकै कथा, पटकथा र लगानी रहेको छ ।  सामाजिक कथामा निर्माण गरिएको चलचित्रमा

एक साताभित्र एसईईको नतिजा प्रकाशनको तयारी

काठमाडौँ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बताए । ‘यहि हप्ता टुङ्ग्याउने भन्ने छ । अब रुजु गर्ने र प्रोसेसिङको काम बाँकी छ । २ दिन जति प्रोसेसिङका

बाँके प्रहरीको सफलता,एक महिनामा १ करोड बढीको सामान बरामद

बाँके । ईच्छा शक्ति र ईमान्दारिता भयो भने केही पनी असम्भव छैन भन्ने कुरा केही महिनाअघी मात्र जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आएका प्रहरी उपरिक्षक तुल बहादुर कार्कीले प्रमाणित गरिदिएका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका तत्कालिन कार्यालय प्रमुखले गर्न नसकेको काम बर्तमान एसपीले दुई महिना नपुग्दै गरिदिएका छन ।चोरी,डकैती,अपराध नियन्त्रण र खबर संकलनकालागी खटिएका प्रहरीहरुको गोपनियता र इमान्दारीताका कारण एसपी कार्कीले बाँकेको कमाण्ड सम्हाले लगत्तै

दार्चुलामा बिहानै भूकम्पको धक्का 

काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ५ः ५० बजेको समय जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महशुस गरिएको थियो । पछिललो समय पश्चिम नेपालका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर बेला बेला भूकम्प जाने गरेको छ ।

मेलम्ची खानेपानी आजदेखि काठमाडौंमा नआउने

काठमाडौं । काठमाडौं उपत्यकामा आज (शुक्रबार)देखि मेलम्चीको पानी बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै आजदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गर्ने भएको छ ।  वाग्मती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द गरिने सम्भावना रहेको समितिले जनाएको हो ।

मनसुन सक्रिय बन्दै, गण्डकीमा भारी वर्षा

काठमाडौँ । हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागसम्म फैलिएको छ । देशका बाँकी भूभागमा भने स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्य सफा रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको

अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित

काठमाण्डौं ।आइसिसी टि-२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेश विरुद्ध पराजित भएको छ । नेपाल बंगलादेशविरुद्ध २१ रनले पराजित भएको हो । बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा समेटियो । हार बेहोरेसंगै नेपाल लगातार दुई खेलमा टेस्ट राष्ट्र विरुद्ध जित हासिल गर्नबाट चुकेको छ । बंगलादेश भने सुपर ८ मा प्रवेश गरेको छ । नेपालका कुशल मल्लले ४० बलमा सर्वाधिक २७ रन जोडे

नेपालगञ्जमा हुने ‘रोपाइँ फेस्टिवल’ मा ज्योति मगर र चक्र बमले प्रस्तुती दिने 

नेपालगंज। टीम डी–एजले विगतका वर्षमा झैं यस वर्ष पनि असार १५ गते नेपालगञ्जको भैयापुरमा ‘रोपाइँ फेस्टिवल’ गर्ने भएको छ । रोपाइँ फेस्टिवलमा ज्योति मगर र चक्र बमले प्रस्तुती दिने भएका छन । आयोजक टीम डी–एजका दिनेश थापा मगरले ‘रोपाइँ फेस्टिवल’बारे जानकारी गराएको हो । उनले यसपटक विगतका वर्षमा भन्दा केही फरक तरिकाले रोपाइँ फेस्टिवल आयोजना गर्ने तयारी गरेको बताए । रोपाइँ फेस्टिवलमा सांस्कृतिक कार्यक्रमसहित विभिन्न कार्यक्रमहरु आयोजना गरेर दर्शकलाई मनोरञ्जन

सन्दीप लामिछानेले लिए टी २० आईमा १०० विकेट 

सन्दीप लामिछानेको टि ट्वान्टी आई क्रिकेटमा एक सयौं विकेट पूरा भएको छ । वेस्ट इन्डिज र अमेरिकामा जारी विश्व कप टि ट्वान्टी विश्व कप समूह चरणमा बंगलादेशविरुद्धको अन्तिम खेलमा २ विकेट लिदै सन्दीपले टि ट्वान्टीमा सयौं विकेट पूरा गरेका हुन् ।  टि ट्वान्टी आईमा यो सन्दीपको ५४ औं खेल हो । टि ट्वान्टी आईमा सयौं विकेट पूरा गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।विश्व कपमा उनको यो दोस्रो खेल हो