विशेष समाचार

अटो दुर्घटना हुँदा दाङमा एक युवकको मृत्यु

दाङ । दाङको तुलसीपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार तुलसीपुर उपमहानगरपालिका ३ साततले खमारी भित्री सडक खण्डमा खमारीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ३ बस्ने अन्दाजी २७ वर्षीय जीवन घर्ती रहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । अटोमा अन्य यात्रु

दरबारमार्गबाट हुण्डीको रकमसहित दुईजना पक्राउ

काठमाडौं । काठमाडौँको दरबारमार्गबाट प्रहरीले करिब ९८ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको उक्त रकम हुन्डीको भएको खुलेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ पर्नेमा दुवै जना पुरुष रहेका छन् । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने उपत्यका प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले बताए । उनका अनुसार ती पक्राउ पर्ने बुटवलका हुन् । दरबारमार्गको जय

एआईजीको सरुवा,प्रशासनमा राई मानवश्रोतमा ढकाल

काठमाडौँ । नेपाल प्रहरीका दुईजना एआईजीको सरुवा भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दुइजना एआईजीको सरुवा र पदस्थापन गरेको हो । बिहीवार भएको सरुवामा मानवश्रोत विकास विभागमा कार्यरत टेक प्रसाद राईलाई प्रशासन विभागमा सरुवा गरेको छ भने  प्रदेश समन्वय विभागमा कार्यरत एआईजी सुदीप गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । बिहीबार एआईजीमा बढुवा भएका भीम प्रसाद ढकाललाई मानवश्रोत विकास विभाग र उमेश राज जोशीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको

डीआईजी जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआईजीद्वय उमेश जोशी र भिम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ढकाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । उनी प्रहरी प्रवक्ताको जिम्मेवारीमा पनि छन् । यस्तै जोशी भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशकको भूमिकामा छन् । वैशाख चार

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त, सपथ आज ५ बजे

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । योसहित प्रदेश सरकारमा कार्कीको तेस्रो इन्ट्री हो । शपथ आज बिहीबार अपराह्न ५ बजे हुने भएको छ । कार्की संविधानको १६८ (५) अन्तर्गत नियुक्त भएका हुन् । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको शरीर उपस्थितिमा हस्ताक्षर गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरे । असअघि उनी संविधानको धारा १६८ (२) अन्तर्गत २०७९ पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त

झापाका किसानलाई खरबुजाबाट मनग्य आम्दानी

झापा । मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र हरि नेपालले १३ बिघा क्षेत्रफलमा खरबुजा फलाएका छन् । ‘धमाधम बजारमा पु्याइरहेका छौँ’, खनालले भने, ‘पहिलो पटक खेती गरेका हाैं, राम्रो उत्पादन भयो ।’ कृषिमा लागिरहेका नेपाल र खनाल मिलेर मेची बगरमा खरबुजा खेती गरेका हुन् । नेपाली बाबु स्मार्ट कृषि फार्म दर्ता गरेर उहाँहरुले सुरु गरेको बगर खेतीमा ३५० मेट्रिक टनभन्दा बढी खरबुजा फलेको छ । चैतको अन्तिम सातादेखि

लमजुङ सेवा समाज कतारद्वारा 'रमाइलो भेटघाट तथा वनभोज कार्यक्रम' सम्पन्न

दर्शन सुनार/कतार : लमजुङ सेवा समाज कतारद्वारा वनभोज कार्यक्रम गरिएको छ। ‘दु:ख सुखमा साथ,लमजुङ सेवा समाज’ भन्ने मुल नाराका साथ लमजुङ सेवा समाज कतारले शुक्रबार  ‘रमाईलो भेटघाट तथा वनभोज कार्यक्रम’ रमाइलो तरिकाले सम्पन्न गरेको छ । वनभोज कार्यक्रममा लमजुङ सेवा समाज कतारका अध्यक्ष बिनोद प्रसाद बसौलाको सभापतित्व तथा गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि पौडेलले मन्तव्यका क्रममा बोल्दै प्रवासमा रहेको समाज

आज गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भइसकेको छ । मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र माओवादीले ह्वीप जारी गरिसकेका छन् । एमाले, माओवादी केन्द्र र राजीव गुरुङ (दीपक मनाङे) को

भव्य तरिकाले सकियो फूलबारी सांस्कृतिक कार्यक्रम (फोटो फिचर)

दर्शन सुनार/कतार : फूलबारी रेष्टुरेन्ट कतारले आयोजना गरेको ‘फूलबारी सांस्कृतिक कार्यक्रम २०२४’ भव्य तरिकाले सम्पन्न भएको छ। ‘फुलबारी रेष्टुरेन्टको चाहाना, नेपाली कला र सस्कृतिको जगेर्ना’ भन्ने मुल नाराका साथ शुक्रबार  फुलबारी रेष्टुरेन्टले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो। मानव सेवा आश्रममा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा  लोकप्रिय गायक पशुपति शर्मा, मोडल करिश्मा ढकाल र सबिता भुसालले आफ्नो प्रस्तुति दिएका थिए। उसो त कतारमै रहेका अन्य कलाकारहरुले पनि कार्यक्रममा प्रस्तुति

नेपाली श्रमिक कल्याणकारी संघ कतारले मनायो १३५ औं अन्तर्राष्ट्रिय दिवस

दर्शन सुनार/कतार : नेपाली श्रमिक कल्याणकारी संघ कतारले १३५ औं अन्तर्राष्ट्रिय दिवस भव्य तरिकाले मनाएको छ। ‘श्रमिकका लागि श्रमिक’ भन्ने मुल नाराका साथ २०१९ मा कतारमा स्थापना भएको ‘नेपाली श्रमिक कल्याणकारी संघ’ कतारले शुक्रबार कतारको ग्राण्डमलमा रहेको लालिगुँरास रेष्टुरेन्टमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको हो। नेपाली श्रमिक कल्याणकारी संघका अध्यक्ष नारायण खपाङ्गी मगरको सभापतित्व तथा श्रमिक कल्याणकारी संघका प्रमुख सल्लाहकार देब लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लेबर मिनिष्ट्रिका सलिम एल मोहन्दी,