विशेष समाचार

दीपाको ‘छक्कापञ्जा ५’ को छायांकन सुरु

काठमाण्डौं । यस बर्षको बहुप्रतिक्षित चलचित्र  ‘छक्कापञ्जा ५’ को छायांकन सुरु गरिएको छ। विहीबार भक्तपुरको सूर्यविनायक मन्दिरमा चलचित्रको सुभसाइत गर्दै निर्माण टिमले छायांकन सुरु गरेको हो। दीपकराज गिरी र वर्षा सिवाकोटीको मुख्य भुमिका रहेको चलचित्रको ४५ दिनसम्म काठमाडौं र पोखरा क्षेत्रमा छायांकन हुने निर्माण पक्षले जनाएको छ । आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गर्ने भएकी छन । दीपक शर्मा र बाबुल गिरीको

गृहका २५ सहसचिवको सरुवा, १६ जिल्लाका सीडीओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ ।  विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधबार प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् । गृह मन्त्रालय अन्तर्गत प्रजिअहरुसहित २५ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुदै

काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्नेछन् । बजेट सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायत सहभागी हुनेछन् । अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

आज १७ औँ गणतन्त्र दिवस

काठमाडौं । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा मंगलबार १७ औँ गणतन्त्र दिवस, देशभर मनाइँदैछ । नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदैछ । तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदैछन् । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ । यस वर्ष जेठ १४, १५ र १६

प्रहरीका १ सय ४९ प्रहरी निरीक्षक दीक्षित

काठमाडौं । नेपाल प्रहरीका १ सय ४९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् । आज शुक्रबार दीक्षित हुनेमा आधारभुत तालिम पुरा गरेका १ सय ३१ जना पुरुष र १८ जना महिला रहेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरे । प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमार परियार प्रथम, सगुन खड्का द्वितीय र आयुष ढुंगानाले तृतीय पुरस्कार प्राप्त

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतद्वारा अनुमति

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत धनुषामा भएको बहसपछि आज सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो । यसअघि प्रहरीले थप पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भएकाले समय माग गरेको थियो ।

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

काठमाण्डौं । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको जनाएको छ ।हाल उक्त भाइरस सिंगापुर अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको छ । यस्तै विज्ञहरूले दिर्घरोगी र वृद्धावृद्धलाई विशेष सावधानी अपनाउन सुझाव दिएका छन् । संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनले दिर्घरोगी

डिएसपीको कार्यकक्षमै भेटे सिरोहियालाई श्रीमती, छोरा र बुहारीले

काठमाण्डौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनलाई भेट्न श्रीमती, छोरा र बुहारी जनकपुर पुगेका छन् । त्यहाँ उनीहरूले डीएसपीको कार्यकक्षमा सिरोहियासँग भेट्नुका साथै कुराकानी समेत गरेका छन् । अदालतले सिरोहियालाई नागरिकता कसुरसम्बन्धी मुद्दामा तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो

आफ्नै किर्तिमान तोड्दै ३०औँ पटक कामीरिता सगरमाथाको चुचुरोमा

काठमाडौं । सगरमाथा आरोहण गरी पटक पटक कीर्तिमान कायम गरेका कामीरिता शेर्पाले पुन (३० औँ पटक) सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी आज (बुधवार)बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । ‘कामीरिता शेर्पाले सगरमाथा शिखरमा ३०औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ’, सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले भने । वसन्त ऋतुको जारी आरोहणमा

कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत पाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतको नाराबाजीका बाबजुद प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन् । यस पटक जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् । जसपा नेपाल वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो । र, समर्थनसमेत फिर्ता लिएको थियो । मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा