अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित
काठमाण्डौं ।आइसिसी टि-२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेश विरुद्ध पराजित भएको छ । नेपाल बंगलादेशविरुद्ध २१ रनले पराजित भएको हो । बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा समेटियो । हार बेहोरेसंगै नेपाल लगातार दुई खेलमा टेस्ट राष्ट्र विरुद्ध जित हासिल गर्नबाट चुकेको छ । बंगलादेश भने सुपर ८ मा प्रवेश गरेको छ । नेपालका कुशल मल्लले ४० बलमा सर्वाधिक २७ रन जोडे