राप्ती नदीमा डुबेर ४० वर्षीय पुनको मृत्यु
दाङ । दाङमा राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो । शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा शनिबार साँझ जाल हानेर माछा मार्ने क्रममा पुन नदीमा डुबेर बेपत्ता भएका थिए । उनको शव ५० मिटर तल फेला परेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताए । पुनको शव परीक्षणका लागि लमही