कतारमा वृहत् रक्तदान : ४५ जनाले दिए रगत
दर्शन सुनार/कतार : गण्डकी प्रदेश समन्वय परिषद कतारले वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गण्डकी प्रदेश कतारको आयोजना तथा नेपाली रक्तदाता संघको समन्वयमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कतारको अलसाद स्थित हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा आयोजित रक्तदान कार्यक्रममा १ सय २५ जनाको उपस्थिति रहेको थियो। ५८ जनाले रक्तदानको लागि आफ्नो नाम रजिष्ट्रेसन गराएका थिए। जस मध्ये ४५ जनाले रक्तदान गरेका थिए भने १३ जनाचाहिँ रक्तदान गर्न नमिल्ने लिस्टमा