ठूलो परिमाणमा लागुऔषध गाँजासहित हेटौडाबाट ५ जना पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडाबाट ९६ किलो ४ सय ग्राम लागुऔषध गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग स्थित हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोडबाट प्रहरीले उक्त परिमाणको लागुऔषध गाँजासहित कन्टेनर र ५ जनालाई पक्राउ गरेको हो । मंगलबार राती १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले ना.२ ख ५५७९ नम्बरको कन्टेनर गाडीमा लुकाईछिपाई ल्याइको लागुऔषध गाँजा ९६ किलो ४ सय ग्रामसहित ५ जनालाई पक्राउ