विशेष समाचार

प्रदेश कर्मचारीका लागि प्रदेश अस्पताल

बुटवल । लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीहरुका छोराछोरीका लागि प्रदेश सरकारले छुट्टै निजामती विद्यालयको व्यवस्था मिलाउने भएको छ । मंगलबार प्रदेश सभामा आगामी बर्षको नीति  तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशमा कार्यरत कर्मचारीका छोराछोरीले अध्ययन गर्नका लागि निजामती विद्यालयको व्यवस्था मिलाइने बताएका हुन् । यस्तै कर्मचारीको स्वास्थ्योपचारको लागि प्रदेश राजधानीमा निजामती कर्मचारी अस्पतालको पनि व्यवस्था गरिने बताएका छन् । नीति कार्यक्रम वाचन गर्दै उनले भने-‘राष्ट्रसेवक कर्मचारीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेशमा

सर्वोच्चले माग्यो मन्त्रिपरिषद विस्तार गर्नुको कारण

काठमाडौं । सर्वोच्च अदातले मन्त्रिपरिषद विस्तार विरुद्धको रिटमा सुनुवाई गर्दै सरसर्वोच्चकारसँग मन्त्रिपरिषद विस्तार गर्नुपर्ने कारणको लिखित जवाफ माग गरेको छ । मन्त्रिपरिषद विस्तार असंवैधानिक भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै दायर रिटको सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सरकारपक्षसँग मन्त्रिपरिषद विस्तारको लिखित कारण माग गरेको हाे । इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग मन्त्रिपरिषद विस्तार गर्नुको कारण माग गरेको छ । अन्तरिम आदेश दिन अस्वीकार गरेको

यस वर्षको एसईईको नतिजा फरक तरिकाबाट गरिदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मूल्यांकनका लागि नयाँ कार्यविधिको तयारी गरेको छ ।यो वर्ष पनि आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा सार्वजनिक गर्ने भएपछि त्यसका लागि कार्यविधि बनाउन लागिएको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए । उनले भने ‘कार्यविधिको ड्राफ्ट तयार भइरहेको छ । यो महिनाभित्र सकेर मूल्यांकन गर्न निर्देशन दिन्छौं ।’ यस वर्षको मूल्यांकन विधि गत वर्षकोभन्दा फरक हुने अध्यक्ष पौडेलले बताए । के-के फरक हुन्छ भन्ने नखुलाएका

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जोगियो मुख्यमन्त्री पद

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन्। मंगलबार भएको मतदानमा उनले बहुमत सांसद्को समर्थन पाएका हुन्। मतदानमा भट्टको प्रस्तावको पक्षमा ३० मत परेको थियो। त्यस्तै विपक्षमा ९ मत परेको थियो। १२ जनाले भने मतदान प्रक्रियामा सहभागिता जनाएका थिएनन्। योसँगै भट्ट नै मुख्यमन्त्रीमा निरन्तर रहने निश्चित भएको छ। भट्टलाई माओवादी केन्द्रको १३ र एमालेका माधव पक्षबाट १७ मत प्राप्त भएको छ। प्रदेश सभामा एमालेका २५, माओवादीका १३,

जिल्ला प्रहरी कार्यालय दैलेखद्वारा गरियो स्वास्थ्य कार्यालयलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले स्वास्थ्य कार्यालय दैलेखलाई स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ। जिल्ला प्रहरी कार्यालयमा कार्यरत इच्छुक प्रहरी कर्मचारीहरुले आफ्नो तलवबाट केहि रुपैया छुट्याएर अक्सिजन कन्सेन्ट्रेटर १ थान (१० लि.) र मेडिकल अक्सिजन माक्स १० थान खरिद गरि हस्तान्तरण गरिएको हो। नेपाल लगायत विश्वभरी महामारीको रुपमा देखापरेको नयाँ भेरियन्टसहितको कोभिड १९ रोगबाट संक्रमितहरुलाई उपचारमा सहयोग तथा जोखिम नियन्त्रणमा सहजिकरण होस भन्ने उद्देश्यले उक्त अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरिएको

पुणेको एक सेनिटाइजर कारखानामा आगलागी हुँदा १८ जनाको मृत्यु

भारतको महाराष्ट्र राज्यको पुणे सहरमा रहेको एउटा सेनिटाइजर कारखानामा आगलागी हुँदा कम्तीमा १८ जना मजदुरको मृत्यु भएको छ । सोमबार साँझ सेनिटाइजर उत्पादक कारखानामा भीषण आगजनी भएको हो । कारखानामा भीषण आगलागीको भिडियो समेत केही बेरमै सामाजिक सञ्जालमा भाइरल बनेको थियो । आगलागीमा अझै केही कामदार हराइरहेका बीबीसीले जनाएको छ । आगलागी सुरु हुँदा कारखानामा ३७ मजदुर काम गरिरहेका थिए ।

प्रहरीमा एउटै पदमा पाँच बर्ष वसे अवकाशको समयमा एक तह बढुवा गरिने नियम वन्दै

काठमाडौं । पछिल्लो पदमा कम्तीमा पाँच वर्षसम्म बहाल रहेका नेपाल प्रहरीका कर्मचारीले अवकाश पाउने वेला एक तह बढुवाको व्यवस्था नियमावलीमा गर्न लागिएको छ । अहिले अनिवार्य अवकाशको वेलासम्म पछिल्लो पदमा काम गरेको १२ वर्ष भएमा अवकाशअघि एक तह बढुवा दिने गरिएको छ । जुन सुविधा डिएसपीसम्मका कर्मचारीले मात्रै पाउँछन् । सशस्त्रमा भने पछिल्लो पदमा पाँच वर्ष मात्र पुगेको अवस्थामा पनि अवकाशअघि एक तह बढुवा पाउँछन् । एसपीसम्मका कर्मचारीले यस्तो सुविधा पाउने गरेका छन् । नियमावली

कम पद भएको प्रहरीमा केही पद थपिदै

काठमाडौं । सुरक्षा निकायमा पदको संख्या पनि फरक–फरक छ । नेपाल प्रहरीमा राजपत्रांकित पद सात र राजपत्रअनंकित पाँचवटा पद छन् । सशस्त्रमा राजपत्रांकित पद सात र राजपत्रअनंकित आठ तह छन् भने सेनामा राजपत्रांकित १० र राजपत्रअनंकित आठ गरेर १८ वटा दर्जा छन् । करिब ८० हजार दरबन्दी भएको नेपाल प्रहरीमा सबैभन्दा कम पद छन् । सशस्त्रमा वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार गरी नेपाल प्रहरीको भन्दा तीन पद बढी छन् । ती पद नेपाल

सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसपीसहित ७ प्रहरी घाइते

वारा । रौतहटमा आइतबार राति सुरक्षाकर्मी र स्थानीयबिच झडप भएको छ । झडपमा डीएसपीसहित ७ जना प्रहरी घाइते भएका छन् । जिल्ला गरुडा नगरपालिका–२ गेडाहीगुठी टोलमा भएको विवाहमा डिजे बजाएर भीडभाड गरिएको भन्दै प्रहरी सम्झाउन गएको थियो । निषेधाज्ञाका बेला भएको विवाहमा धेरै मानिस जम्मा भएको भन्दै प्रहरीले भीड नगर्न भनेको थियो । ‘पहिले दुई जना सुरक्षाकर्मी पठाएर डिजे बन्द गर्न र भीडभाड नगर्न सम्झाउन पठाएका थियौँ’ डीएसपी द्वारिका घिमिरेले

मन्त्रिपरिषद पुर्नगठनविरुद्ध सर्वोच्च रिट दर्ता

काठमाडौं । काम चलाउन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद पुर्नगठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले सरकार कामचलाउ हैसियतको रहेको भन्दै मन्त्रिपरिषद विस्तार गर्नु संविधानविपरीत हुने भन्दै मन्त्रिपरिषद विस्तार बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् । प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा समेत गरेको अवस्थामा प्रधानमन्त्री ओली संसदको सदस्य नरहेको र संविधानअनुसार संसद सदस्य नरहेपछि स्वतः पदमुक्त