विशेष समाचार

कर्णाली सरकारमा सहभागी हुने दुई सांसदको नाम कांग्रेसले टुंगो लगायो

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले कर्णाली प्रदेश सरकारमा सहभागी हुने आफ्ना सांसदको नाम टुंगो लगाएको छ । संसदीय दलको शनिबार बसेको बैठकले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर विसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठलाई नियुक्त गरेर सरकारमा सहभागी हुने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सांसद बीसी र श्रेष्ठलाई मन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नाम समेत सिफारिस गरिसकिएको जानकारी दिए । सरकारमा सहभागी

उपप्रधानमन्त्री भएको २४ घण्टा नवित्दै राजेन्द्र महतोको पुत्ला दहन

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका विद्यार्थी संगठन अनेरास्ववियुले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री भएको भोलिपल्ट राजेन्द्र महतोको पुत्ला जलाएको छ । शुक्रबार बेलुकी मन्त्रीको शपथग्रहण गरेपछि पदभार ग्रहण गर्ने क्रममा महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्ध भएकाले पुत्ला जलाएको अनेरास्ववियूले जनाएको छ । विद्यार्थी संगठनले शनिबार साँझ नयाँबानेश्वरमा मन्त्री

पछिल्लो २४ घण्टामा सङ्क्रमण हुने भन्दा कोरोना निको हुनेको संख्या वढी

काठमाडौं । शनिबार नेपालमा ५ हजार ४२ जनालाई संक्रमण पुष्टि भएको छ । आज ८ हजार २४३ निकाे भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६८ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार हजार २०४ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७९९ जनाको मृत्यु भएको छ । अहिले ९२ हजार

पेट्रोलियम पदार्थको मूल्य वढेसंगै पेट्रोल प्रतिलिटर १२५ पुग्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । मूल्यबृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो ।

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा नेपाली सेनाको जवानको मृत्यु

धनुषा । पोर्ताहामा बिग्रेर रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहा सडकखण्डमा बिग्रेर रोकिराखेको ना४त १६८२ नंकोट्याक्टरमा पूर्व दिशाबाट आएको रा६प २८६३ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार भीमदल गण सप्तरीमा कार्यरत नेपाली सेनाका जवान २४ वर्षीय नरेन्द्र गिरीको मृत्यु भएको बताइएको छ । मोटरसाइकलमा पछाडि सवार तनहुँ घर भई शेरगञ्ज गण

कोरोना संक्रमण दर घटेसँगै बाँकेका अस्पतालका श्यया खाली

नेपालगंज । कोरोना संक्रमण दर घटेसँगै बाँकेमा कोरोनाको उपचार हुँदै आएका भेरी अस्पताल र शिक्षण अस्पतालका श्यया खाली भएका छन् । लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट प्रेषण भई आउने बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा रहेका २०० श्ययामध्ये ४४ श्यया खाली भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार अहिले भेरीमा १४१ बिरामी छन् । त्यसमा ३३ सिकिस्त रहेका छन् ।

नेपालगंजको भेरीमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

नेपालगंज । बाँकेका अस्पतालमा भर्ना उपचाररत थप दुई कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । संक्रमित बिरामीको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति वलीले जानकारी दिए । उनका अनुसार कोहलपुर नगरपालिका–१४ निवासी ७० वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–१८ दाङ निवासी ७२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । योसँगै हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१० र जिल्लाकै २९१ जनाको

पुनर्गठित मन्त्रिमण्डलमा वादल समुह अटेन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनःगठन गर्ने भएपछि निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादल लगायत एमाले प्रवेश गरेका पूर्व माओवादी नेता बालुवाटार पुगेका थिए। सर्वाैच्चको आदेशले आफुहरु हटेपनि आफ्नो समूहलाई समेत कोटा दिनुपर्ने उनीहरुको प्रस्ताव थियो । तर, त्यो प्रस्तावमा ओली सकारात्मक नभएपछि एमाले प्रवेश गरेका पूर्व माओावादी नेता हिस्स बनेका छन् । यद्यपी ओलीले सो समूहबाट पनि मन्त्री राखिने आश्वासन दिएका छन् । यसअघि पूर्व माओवादीका सात मन्त्री

नेपाल समुह छोडेका रघुवीर र शेरबहादुरलाई मन्त्री उपहार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूह छोडेर ओली समूहमा आएका दुई जना नेतालाई मन्त्रीको उपहार दिएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद हेरफेर गर्दै रघुवीर महासेठ र शेरबहादुर तामाङलाई मन्त्री बनाएका हुन् । पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै दुई नेता माधव नेपाल समूहमा लागेका थिए । तर, सर्वोच्चले नेकपालाई साविककै एमाले र माओवादीमा फर्काएसँगै ओली समूहमा महासेठ र तामाङ फर्किएका थिए । ओली समूह छोडेर आउनेलाई

नक्कली स्यानीटाइजरसहित दुईजना पक्राउ

काठमाडौं । ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने र मापदण्ड विपरितको ह्याण्ड स्यानिटाइजर उत्पादकलाई पक्राउ गरेको बताइन् । ललितपुर महानगरीय प्रहरी परिसर ललितपुरले नक्कली स्यानीटाइजर उत्पादन गर्नेलाई निगरानी बढाएको छ । इमाडोलमा नक्कली स्यानीटाइजर उत्पादन गर्ने उद्योग बन्द गरेको सातादिन नबित्दै आज महानगरीय प्रहरी परिसर ललितपुरले २ सय ४० लिटर नक्कली स्यानीटाइजरसहित दुईजनालाई पक्राउ गरेको छ । ललितपुर प्रहरी परिसरको टोलीले ओम निरमाया हेल्थ केयर