विशेष समाचार

अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने

अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा बिहीबार जारी वक्तव्यमा नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरिएको हो । १६ एसियाली मुलुकलाई विभिन्न परिमाणमा खोप उपलब्ध गराउने घोषणा गरिएको हो । नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस्, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्डले खोप प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ । गत

कर्णाली प्रदेशमा कांग्रेस दुईवटा मन्त्रालयसहित सरकारमा सहभागी हुने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको झण्डै दुई महिनापछि नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको हो । संसदीय दलका नेता जीवनबहादुर शाहीले दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको जानकारी दिए । कांग्रेसले सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठलाई पठाउने भएको छ । ‘आर्थिक वर्ष २०७८/७९ को

नासाले शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने

एजेन्सी- अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने जनाएको छ। सँगैको पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी ग्रह किन आगोको गोला बन्यो भनेर जान्ने नासाले लक्ष्य लिएको छ। शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ दुईवटा मिसन त्यहाँ पठाउने नासाले घोषणा गरेको छ। ती मिसनहरू प्रत्येकका निम्ति ५० करोड डलर बजेट प्राप्त हुनेछन्। सन् २०२८ र २०३० को बीचमा

युरो कपको खेल तालिका नेपाली समयअनुसार यस्तो छ (तालिका सहित)

एजेन्सी – विश्वमा निकै नै लोकप्रिय क्लब फुटबलको यो सिजन सकिदैछ । तर, क्लब फुटबल सकिने संघारमा रहँदा अब सबैको ध्यान  युरो कपमा रहनेछ । गत वर्ष नै हुनुपर्ने युरोकप कोभिड –१९ को महामारीका कारण एक वर्ष पछि सारिदा यसपटक हुन लागेको हो । यस वर्षको युरोकप युरोपका ११ शहरमा ११ जुनदेखि ११ जुलाईसम्म आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । युरोपियन

नेकपा एमालेमा ओली र नेपाल पक्षको छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौं । नेकपा एमालेमा दुई पक्षबीच विवाद चलिरहेकै बेला आज छुट्टाछुट्टै बैठक बस्दैछ । एमलोका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आज केन्द्रीय समिति बैठक बोलाएको छ । आजको बैठक भर्चुअल रूपमा बस्ने भएको हो । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र आज बिहान ११ बजे बैठक सुरू हुनेछ । यस्तै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका छन् । आज

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गरिने अध्यादेश ल्याउने तयारी

काठमाडौं । सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई २ लाख जरिवाना र ४ वर्षसम्म कैद सजाय हुने व्यवस्थासहित अध्यादेश ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याउन लागेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन अध्यादेशमा उक्त व्यवस्था लागू गर्न लागिएको हो । अध्यादेशमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघात पुर्‍याउनेलाई दुई लाख जरिवाना वा चार वर्ष कैद वा दुवै

रोकिएका त्रिविका सम्पुर्ण  परिक्षा साउन अन्तिम साता सक्ने तयारी

काठमाडौं । गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले बताएका छन् । बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरुले आआफ्नो विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए ।

कोरोना संक्रमण भएका १० जनामा कालो ढुसीको संक्रमण

काठमाडौं । नेपालमा कोरोना संक्रमण भएका १० जनालाई कालो ढुसीको संक्रमण भएको पाइएको छ। कोरोनाको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भई उपचाररत र निको भएका गरी दश जनामा कोलो ढुसीको संक्रमण भएको जनाएको हो । संक्रमण कमै मात्र देखिने बताउँदै संक्रमण गम्भीर भए प्राणघातक समेत हुन सक्ने मन्त्रालयले जनाएको छ । कोला ढुसीको संक्रमण भएका बिरामीहरुमा ज्वरो निरन्तर आइरहने, अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा

काठमाडौँ उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थप

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जेठ ३१ सम्मको लागि थप गरिएको छ । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । किराना र डिपार्टमेन्ट स्टोर, फलफूल र पुस्तक

पर्खाल भत्किँदा दुईजनाको मृत्यु

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुईजनाको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु र अन्य दुईजना घाइते भएको जानकारी दिए । मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका २० वर्षीय टेकबहादुर चेपाङ रहेका छन् । घाइते हुनेमा उदयपुरका २१ वर्षीय मिलन तामाङ र धादिङका १८ वर्षीय