चौधरी उद्योगको बियर प्लान्टमा आगलागी
काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ स्थित चौधरी उद्योग ग्राममा रहेको बियर प्लान्टमा आगलागी भएको छ । आज बिहान बिहान साढ ८ बजेतिर आगलागी भएको हो । उद्योग प्रशासन प्रमुख दामोदर पौडेलका अनुसार अहिले नियन्त्रण बाहिर रहेको छ । नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उनले बताए । आगलागीका कारण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।