विशेष समाचार

धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागी खोप खरीद गर्दै

धरान । धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरीद गर्न पहल शुरु गरेको छ । धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ । उपमहानगरपालिका प्रमुख तिलक राईका अनुसार पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालय १ नं प्रदेश विराटनगरमा बोधार्थ उल्लेख गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप

प्रतिनिधि सभा पुनःस्थापना नभए विपक्षी गठबन्धनले चुनावमा मोर्चाबन्दी गर्ने

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले(माधवकुमार नेपाल पक्ष), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले प्रतिनिधि सभा पुनःस्थापना नभएमा भावी चुनावमा समेत मोर्चाबन्दी गरेर जाने रणनीतिमा लागेका छन्। प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा १४६ सांसदको हस्ताक्षर सहित सर्वोच्च अदालतमा रिट हाल्न गएका उनीहरुको पहिलो आशा भने प्रतिनिधि सभा पुनःस्थापना हुनेमै छ। एमालेको केपी शर्मा ओली र जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष एकातिर भएका छन्। उनीहरुको विरुद्ध

८ मन्त्री र दुई राज्यमन्त्री सहित ठाकुर पक्ष ओली सरकारमा सहभागी हुने तयारीमा

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटामा भेटवार्ता गर्दैछन् । जसपामा एक पक्षले अर्को पक्षलाई कारवाहीको तयारी भइरहेकै बेला एमाले र जसपा नेताहरुबीच सत्ता गठबन्धन बनाउनेबारे छलफल हुन लागेको हो । स्रोतका अनुसार जसपाका अन्य मागको बारेमा पनि छलफल हुनेछ । छफलमा दुवै पक्षका शीर्ष नेताहरु सहभागी हुने बताइएको छ । जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको स्रोतको भनाई

क्यानडाको एक विद्यालय परिसरमा दुई सय वढी बालबालिकाको सामूहिक चिहान फेला

क्यानाडामा एउटा पूर्व आवासीय विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला परेको छ । स्थानीय आदिवासी जनतालाई शिक्षित तुल्याउने उद्देश्यले सो विद्यालय स्थापना गरिएको थियो । ती बालबालिकाहरू ब्रिटिस कोलम्बियास्थित क्याम्लुप्स इन्डियन आवासीय विद्यालयका विद्यार्थी भएको बताइएको छ । सन् १९७८ मा यो विद्यालय बन्द भएको थियो । स्थानीय सरकारले सो चिहान बिहीबार फेला परेको बताएको हो । क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका छन्– ‘यो दुःखद् स्मृति

कोभिड-१९ को नक्कली औषधि बेचेको आरोपमा ३ सय ५० बढी पक्राउ

काठमाडौं । भारतमा सन्दिग्ध ठगहरूले कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा साढे ३ सयजना पक्राउ गरिएको प्रहरीले बताएको छ।ती घटना मानवता विरोधी अपराध सरह भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्। भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको छ। सयौँ घटनाको अनुसन्धान गरेपछि दिल्ली प्रहरीले ठगहरूले सामाजिक सञ्जालमार्फत् नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको

भारतमा कोरोना संक्रमण दर घट्दै

काठमाडौं । भारतमा केही साता यता कोरोना संक्रमण र त्यसका कारण हुने मृत्यु दरमा उल्लेख्य कमी आएको छ । दैनिक चार लाखभन्दा धेरै संक्रमित थपिने गरेकोमा अहिले यो घटेर दुईलाख भन्दा तल झरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ४६० कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा १ लाख ६५ हजार ५५३ संक्रमित थपिएका छन् । हालसम्म भारतमा ३ लाख २५ हजार

नेपाली फुटबल टोली कुवेत पुग्यो

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ का छनोट चरण अन्तर्गत बाँकी खेलमा प्रतिस्पर्धा गर्न नेपाली टोली कुवेत पुगेको छ । शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेलमा ६-२ को हार बेहोरेको नेपाली टोली आइतबार साँझ ६ बजे स्थलमार्ग हुँदै कुवेततर्फ गएको थियो । इराकविरुद्ध पहिलो हाफमा एक समय अञ्जन विष्ट र मनीष डाँगीको गोलमा २–१ को अग्रता बनाएपनि पछि भने सम्हालिन सकेन । कुवेतमा नेपाली टोलीले विश्व कप छनोट र

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा पदको उपनिर्वाचन आज हुँदै

काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदमा आज उपनिर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का नेकपा एमाले प्रवेश गरेपछि नेकपा माओवादी केन्द्रले कारबाही गर्दा रिक्त भएको टाटपदमा उपनिर्वाचन हुन लागेको हो । दाङको घोराही उपमहानगरपालिकास्थित कर्मचारी मिलन केन्द्रलाई निर्वाचन आयोगले मतदानस्थल तोकेको छ । उक्त मतदानस्थलमा प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड संक्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको

स्थानीय तहले खोप खरिद गर्न मिल्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले स्थानीय तहलाई कोभिड–१९ विरुद्धको खोप आफैं खरिद गर्ने अधिकार दिन नमिल्ने बताएको छ । केही स्थानीय तहले खोप खरिद गर्ने व्यवस्था मिलाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरेपछि मन्त्रालयले खोप खरिद गर्ने काम संघीय सरकारको भएको भन्दै स्थानीय तहलाई अधिकार दिन नमिल्ने बताएको हो । तर, मन्त्रालयको काममा सहजीकरण गर्न स्थानीय तहलाइ भनिएको छ । मन्त्रालयले आइतबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखाका प्रमुख डा.

सरकारी पैसाबाट खाजा खाएको भन्दै फिनल्यान्डकी प्रधानमन्त्री मरिनमाथि अनुसन्धान सुरु

फिनल्यान्डको प्रहरीले त्यहाँकी प्रधानमन्त्री सन्ना मरिनमाथि अनुसन्धान गर्ने भएका छन्। ट्याबलोइड पत्रिका इल्तालेहतीले प्रधानमन्त्री मरिनले सरकारी पैसामा बिहानको खाजा खाने गरेको समाचार लेखेपछि प्रहरीले उनीमाथि अनुसन्धान गर्ने भएको हो। समाचारअनुसार ३५ वर्षकी मरिनले आफ्नो खाजाको लागि महिनामा सरकारी रकमबाट ३ सय युरो छुट्याएकी छिन्। प्रहरीले पनि विज्ञप्तीमा भनेको छ,‘प्रधानमन्त्रीले केहीपटक सरकारी पैसा खाजामा खर्च गरेको देखिएको छ। यद्यपी कानुनले त्यो स्वीकृति दिँदैन।’फिनल्याण्डका विपक्षी दलहरूले पनि प्रधानमन्त्रीको खर्चको लागि करदाताको पैसाको