विशेष समाचार

जसपामा दुवै पक्षले पठाए २४ घण्टे स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टीको दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण पठाएका छन् । यसबाट जसपाको विवाद उत्कर्षमा पुगेको छ । दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो । यसअघि जेठ ११ गते दुवै पक्षले तीन तीन दिनको स्पष्टीकरण सोधेका थिए । पहिलो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले जवाफ पठाएनन् । दोस्रो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले स्पष्टीकरणको जवाफ नदिने भएका छन्

नयाँ आवको बजेटमा यस्ता छन राहतका प्याकेज

काठमाडौं । शनिवार सार्वजनिक गरिएको आव २०७७/०७८ को बजेट वक्तव्यमार्फत सरकारले कोभिड महामारीका कारण प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन राहत, सहुलियत र आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याएको छ । मासिक २० हजार लिटरसम्मको खानेपानीको महसुल यसै महिनादेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले निःशुल्क उपलब्ध गराउने व्यवस्था बजेटले गरेको छ । यसैगरी निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी

यो बजेट कार्यान्वयन नभइ खारेज हुन्छ : पूर्व अर्थमन्त्री पुन

काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका वर्षमान पुन ‘अनन्त’ले कामचलाउ सरकारले ल्याएको बजेट कार्यान्वयन नहुने टिप्पणी गरेका छन् । सरकारले अध्यादेशमार्फत् शनिबार करिब साढे १६ खर्बको बजेट सार्वजनिक गरेपछि पूर्व अर्थमन्त्री पुनले कामचलाउ सरकारले पूर्णआकारको बजेट ल्याउन नपाउने टिप्पणी गरेका हुन् । उनले संसद पुनस्स्थापना हुने र यो बजेट खारेज हुने पनि बताए । उनले कार्यान्वयन हुन कठिन बजेट ल्याएको भन्दै आलोचना गरे । संसद पुनस्स्थापना भएपछि नयाँ

राजनीतिक स्वार्थ पुरा गर्न बजेट आयो : पूर्व अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले राजनीतिक स्वार्थ पुरा गर्न मात्र बजेट ल्याएको टिपपणी गरेका छन् । बजेटबारे संक्षिप्त प्रतिकृया दिँदै महतले भने– ‘सरकारले राजनीतिक स्वार्थपूर्तिको लक्ष्य राखेर बजेट ल्याइएको छ । तर, तुरुन्त कार्यान्वयनमा समस्या हुने देखिन्छ ।’ बजेटमा समावेश कार्यक्रम कहिले र कसरी गर्ने भन्ने केही उल्लेख नभएको भन्दनै कार्यक्रम सम्पन्न हुनेमा विश्वस्त हुने कुनै आधार नरहेको धारणा राखेका छन् ।

६ बर्ष पछि वढेको राशनभत्ताले सुरक्षाकर्मिमा छाएन उत्साह

काठमाडौं । सरकारले सुरक्षाकर्मीलाई फेरि अन्याय गरेको छ । ६ वर्षको अवधिमा जम्मा १५ प्रतिशत राशनभत्ता बृद्धि गरिएको छ ।याे वृद्धिले सुरक्षाकर्मीहरु खुसि र उत्साहित भएका छैनन्। गृह मन्त्रालयले  अर्थलाई ३५ प्रतिशत बृद्धि गर्न सिफारिस गरेको थियो । पछिल्लो ६ वर्षमा करिब ३५ प्रतिशत महंगी बढेकाले सोही अनुसार रासनभत्ता बृद्धि गर्न सिफारिस भएको थियो । त्यसविपरीत थोरै मात्र बृद्धि भएको छ । जसअनुसार मासिक भत्ता करिब आठ सय रुपैयाँ बृद्धि

अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन् । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो । चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड,वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेशरस्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा १५ प्रतिशतले राशन वृद्धि

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत प्रहरी र शसस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गरेको हो । जसका लागि १६ खर्ब २० अर्ब बजेट बिनियोजन गरिएको अर्थमन्त्री बिष्णु पौडेलले जानकारी दिए ।

सरकारी कर्मचारीको तलब मासिक दुई हजार वढ्यो

काठमाडौं । सरकारले निजामती कर्मचारीको मासिक तलबमा दुई हजार रुपैयाँ बृद्धि गरेको छ । कोरोना- १९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण अपेक्षाकृत तलब बढाउने अवस्था नभएपनि राष्ट्रसेवकको मनोबल बढाउने साउन १ गतेदेखि लागू हुने गरी दुई हजार बढाइएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । अध्यादेशमार्फत ल्याइएको आर्थिक वर्ष २०७८/७९ को बजेटमा हाल दिइएको महंगी भत्तालाई कायमै राखिएको छ ।

शैक्षिक प्रमाणपत्र धितो राखी २५ लाख सम्म ऋण पाइने

काठमाडौँ। सरकारले स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेका शैक्षिक प्रमाणपत्र धितो राखी २५ लाख सम्म ऋण मिल्ने व्यवस्था गर्ने भएको छ। शनिवार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन्।

सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वढ्यो, वृद्धभत्ता ४ हजार पुग्यो

काठमाडौं । सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरेको र वृद्धभत्ता ४ हजार पुर्‍याएको बताए । यसअघि वृद्धभत्ता तीन हजार थियाे । सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब बजेट विनियोजन गरिएकाे उनले बताए ।