प्रतिनिधिसभा विघटनबिरुद्धका रिटमाथि सुनुवाइ सुरु
काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्धका रिटमाथि सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा बिहीबार सुनुवाइ शुरु भएको हो । विघटनबिरुद्ध परेका १९ वटा रिटमा आज सुनुवाइ हुनेछ । अधिकांश रिट कानुन व्यवसायीले दायर गरेका छन् । कोरोना भाइरसको कारण राणाले सबैलाई पालो पालो आएर बहस गर्न आग्रह गरेका छन् । पहिलो नम्बरमा वीरभद्र जोशीसहितले हालेको निवेदन छ । प्रधानन्यायाधीशले निवेदन अध्ययन गर्दैछन् । कानून व्यवसायीहरू बाहिर प्रतीक्षामा छन्