विशेष समाचार

शीतलनिवासमा राष्ट्रपतिलाई कुर्दै विपक्षी गठबन्धनका नेताहरु

काठमाडौं । एक सय ४९ जना सांसदको हस्ताक्षर बोकेर सरकारको दाबी गर्न शीतलनिवास पुगेका विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपतिलाई भेट्ने समय कुरेर बसिरहेका छन् । राष्ट्रपति कार्यालयमा पुगिसके पनि राष्ट्रपतिसँग भेट हुन बाँकी रहेको र प्रतिक्षा गरिरहेको एक नेताले जानकारी दिए । विपक्षी काँग्रेस, माओवादी, जसपा र माधव नेपाल समूहका १४९ सांसदहरुको हस्ताक्षर सहित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न नेताहरु शीतलनिवास पुगेका हुन् । संविधानको धारा ७६(५) अनुसारको सरकार गठनमा दलगत

नयाँ प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्दै विपक्षी गठबन्धन राष्ट्रपति निवासमा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवामा नयाँ सरकारको दावी गर्दै विपक्षी गठबन्धन राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । कांग्रेस संसदीय दलको बैठकमा बसेको विपक्षी गठबन्धनको बैठकले संविधानको धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्रीको लागि देउवालाई अघि सार्दै दावी पेश गर्ने भएका हुन् । बैठकले १ सय ४९ सांसदको हस्ताक्षर जुटाएर दावी पेश गर्ने भएका हुन् । कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ -एक स्वतन्त्रसहित, माधव नेपाल समूहका २७ र जसपाका १२

राष्ट्रपतिद्वारा नयाँ सरकार गठन आव्हान, कांग्रेसद्वारा आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न गरेको आह्वान आपत्तिजनक र असंवैधानिक भएको जनाएको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत भएको बताएका हुन् र राष्ट्रपतिले दिएको समयसीमा पनि कांग्रेसले आपत्ति जनाएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियामा नजाने बताएका छन् । बिहीबार मन्त्रिपरिषद बैठकमा उनले आफू विश्वासको मत लिने प्रक्रियामा नजाने र धारा ७६ (५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने बताएका हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार ७ गैरसांसद मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको आदेशप्रति प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका थिए । बैठकमा भएको कुराकानीबारे उनले भने, ‘अब विश्वासको मत नलिने, अब ७६ (५) अनुसार

आज साँझ ५ बजे सम्म बहुमत प्राप्त दलले प्रधानमन्त्रीमा दावी पेश गर्न सक्ने

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाएका हुन् । राष्ट्रपति कार्यालयले बिहीबार राति विज्ञप्ति जारी गर्दै जेठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको

अधिवक्ता विराजले चट् गराइदिए ७ जना गैर सांसदको मन्त्री पद

काठमाडौं । सिन्धुपाल्चोक घर भएका २५ वर्षीय युवा अधिवक्ता विराज थापाले पूर्व माओवादीका ७ जना नेताको मन्त्री पद चट् गराइदिएका छन् । अधिवक्ता विराज थापा र कपिलदेव ढकालले सांसद नरहेका व्यक्तिको नियुक्ति तत्काल बदरको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमाथि सुनुवाइपछि बिहीवार अन्तरिम आदेश जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले सांसद नभएका व्यक्ति पटक–पटक मन्त्री हुन नमिल्ने आदेश गरेको छ ।मन्त्रीको हैसियतमा कुनै पनि

गैर सांसद सात मन्त्री मन्त्रिपरिषद बैठकमा अनुपस्थित

काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै गैर सांसद सात मन्त्री मन्त्रिपरिषद बैठकमा अनुपस्थित भएका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषदको बैठकमा गैरसांसद सात मन्त्री अनुपस्थित भएका हुन् । प्रधानान्याधीश चोलेन्द्र शम्शेर जबराको इजलासले गैर सांसद सात मन्त्रीलाई काम नगराउन आदेश दिएसँगै बैठकमा आदेश कार्यान्वयन गर्दै मन्त्री अनुपस्थित भएका हुन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा अनुपस्थित भएका

राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी

काठमाडाैं । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन् । देवकोटा कुल ५ हजार ८८ मतभारसहित विजयी भएका हुन् । एमालेको माधव नेपाल पक्षका मत नदिएपछि बादल पराजित भएका हुन् । निर्वाचन आयोगका अनुसार ३४७ मतदातामध्ये प्रदेश सभाका ४ जना सदस्य मतदानमा अनुपस्थित भएका थिए भने स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ५ जना अनुपस्थित भएका थिए

नवलपरासी पश्चिम दाउन्नेमा बस दुर्घटना चार जनाको ज्यान

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ । काठमाण्डौबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो । बस खसेको थाहा पाएलगत्तै प्रहरी पुगेको र घटनास्थलमा चार जनाको शव भेटिएको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डीएसपी राजु लामाले जानकारी दिए । ज्यान जानेमध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुनको मात्रै परिचय खुलेको उनले

नेपालमा विहानै भुकम्पको धक्का

काठमाडौं । नेपालमा बिहानै भूकम्पको धक्का महशुस गरिएको छ । बिहान पाँच बजेर ४४ मिनेट आसपासमा भूकम्पको धक्का महशुस गरिएको हाे । भूकम्पको कडा झट्का पश्चिम नेपालमा गरिएको छ । यसको केन्द्र बिन्दु कहाँ भन्ने विस्तृत आउन बाँकी छ ।