पोखरामा ‘अक्सिजन बैँक’ स्थापना
कास्की । कोरोना सङ्क्रमण बढ्दै जाँदा अस्पतालहरुमा अत्यावश्यक अक्सिजनको अभाव हुन थालेपछि पोखरामा ‘अक्सिजन बैँक’ स्थापना गरिएको छ । यहाँ क्रियाशील विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एशोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन् । अक्सिजन अभावमा कोही पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भनेर पछि फिर्ता गर्ने शर्तमा ग्यास सिलिण्डर सङ्कलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुुर्याउने गरी बैँक स्थापना गरिएको कार्यक्रम संयोजक मीनु कुँवर