विशेष समाचार

सबुज गण सल्यानले २० बेडको आइसोलेशन सेन्टर निर्माण गर्दै

सल्यान । सल्यानमा नेपाली सेनाले ‘आइसोलेशन सेन्टर’ निर्माण गर्न सुरु गरेको छ । शारदा नगरपालिका-२ खलंगा स्थित स्वास्थ्य सेवा कार्यालय परिसरमा जिल्ला प्रशासन कार्यालय र शारदा नगरपालिकाको आर्थिक सहयोगमा अक्सिजन सहितको २० वेड क्षमताको अस्थाई आइसोलेशन सेन्टर निर्माण कार्य सुरु भएको सबुज गण सल्यानका गणपति प्रमुख कञ्चन कृष्ण बस्नेतले जानकारी दिए । सबुज गणबाट सह-सेनानी दिपक कुमार बुढाथोकीको कमाण्डमा सम्पूर्ण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरि उक्त निर्माण कार्य सुरु गरिएको

प्रधानमन्त्री ओलीलाई असफल पार्न देउवा- दाहालविच सहमति

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल बनाउने समझदारी भएको छ । उनीहरूले ओली नेतृत्व सरकारको विकल्प खोज्ने सहमतिसहित त्यसका लागि प्रतिनिधिसभामा बहुमत जुटाउन आआफ्नो तर्फबाट प्रयास गर्ने भएका छन् । ओलीको पक्षमा बहुमत पनि नपुग्ने र अर्को सरकार गठनका लागि बहुमत नजुटे संवैधानिक प्रक्रियाअनुसार नै मुलुक निर्वाचनमा जानसक्ने विषयमा पनि उनीहरूबीच कुरा भएको स्रोतको दाबी छ

भारतद्वारा नेपालका लागि 'लिक्विड' अक्सिजन’को आपूर्ति खुला

काठमाडौं । भारतले नेपालका लागि भनेर ‘लिक्विड अक्सिजन’को आपूर्ति खुला गरेको छ । दुई देशका राजदूतको समेत पहल र दुई पक्षीय अनौपचारिक संवादपछि भारतले नेपाललाई मात्र खुलाएको हो । मानवीय संकट उत्पन्न हुने भएपछि परराष्ट्र मन्त्रालयले भारतसँग गम्भीरतापूर्वक छलफल भएको जनाएको छ । भारतको गृहमन्त्रालयले उत्तर प्रदेश र विहार सरकारलाई नेपालतर्फ लैजाने लिक्विड अक्सिजन आपूर्तिमा सहजीकरण गर्न भनिसकेको बताइएको छ । अब नेपालमा अक्सिजनको अभाव नहुने दावी गरिएको छ ।

रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गर्नेलाई ९ हजार १ सय जरिवाना

वुटवल । रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गर्ने एक जना ९ हजार १ सय जरिवाना तिरेर रिहा भएका छन् । चितवन राप्ती नगरपालिका–४ घर भइ सिद्धार्थनगर नगरपालिका–.४ बस्ने ३४ वर्षीय मोहन श्याम वली जरिवाना तिरेर रिहा भएका हुन् । जिल्ला जारी निधेषाधा पालना गराउन खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा प्रहरी अधिकृत समेतको टोलीलाई उनले सोमबार भैरहवाको बुद्ध चोकमा डिउटीमा बाधा अबरोध पुराएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज

'जसपा' ठाकुरको हस्ताक्षर अभियानमा महतो समुहको अवरोध

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउनका लागि सुरु गरेको हस्ताक्षर अभियानमा महन्थ ठाकुर पक्षकै नेताहरुमा अन्तरविरोध देखिएपछि ठाकुरको अभियानमा ‘ब्रेक’ लागेको छ । प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा सघाउनुपर्ने अध्यक्ष ठाकुरको अभियानमा साथ दिइरहेका जसपाका वरिष्ठ नेता राजेन्द्र महतोका साथै कार्यकारिणी सदस्यहरु शरतसिंह भण्डारी र निर्जला राउतले हस्ताक्षर गरेका छैनन् । जसपाका अध्यक्ष ठाकुरले त्यो हस्ताक्षरलाई दुरुपयोग गर्ने सम्भावना नेता महतोले

सिराहका एसपीको तीन महिना नपुग्दै सरुवा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिराहका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीलाई प्रहरी प्रधान कार्यालयले तानेको छ। उनले तीन महिना अगाडी मात्रै सिराहा प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए । पटक–पटक विवादमा आएकोले एसपी भण्डारीलाई प्रधान कार्यालय तानिएको स्रोतले बताएको छ। उनको ठाउँमा एसपी हिरा पाण्डेलाई पठाइएको छ। एसपी राजभण्डारीको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएको छ। कार्यक्षमतामा कमजोर देखिएपछि राजभण्डारीलाई फिर्ता गरेर प्रहरी प्रधान कार्यालयको बजेट शाखामा कार्यरत

राष्ट्रियसभा उपनिर्वाचनमा एमाले-एमालेबीच भिडन्त हुदै

काठमाडौं । राष्ट्रियसभाको रिक्त एक सिटका लागि आगामी जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा एमाले-एमालेबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले रामबहादुर थापा ‘बादल’ लाई उम्मेदवार बनाएको छ भने माओवादीले एमाले निकट बुद्धिजीवी एवं संघीयताविद् डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ । वाम बुद्धिजीवी देवकोटालाई माओवादी, नेपाली काँग्रेस र माधव नेपाल पक्षको समर्थन रहनेछ । मंगलबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल

अत्यधिक शुल्क असुल्दै निजी अस्पताल

काठमाडौं । काठमाडौं । गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ । विरामीका आफन्तका अनुसार ‘नर्मल बेड’मा एकैदिन राखेको १५ हजारदेखि २० हजार रुपैयाँसम्म लिने गरिएका छन् । संक्रमितका आफन्त भने चर्को शुल्क तिर्न बाध्य बनेका छन् । काठमाडौं मेडिकल कलेजले प्रतिदिन १० हजारदेखि ३० हजारसम्म लिने गरेको छ । सो कलेजद्वारा जारी सूचनामा ‘कोभिड क्याबिन सिंगल बेडको

रोल्पामा जेष्ठ ५ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी

रोल्पा । कोरोनाले भयानक रुपलिन थाले पछि रोल्पामा निषेधाज्ञा लगाइएको हो। सोमवार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को वैठक गरी बैशाख २२ गते बुधवार देखि जेष्ठ ५ गते राती १२ बजे सम्म निषेधाज्ञा गरिएको छ।   जिल्ला अधिकारी अनुसार जिल्ला भित्र तथा बाहिर जिल्ला चल्ने निजी तथा सार्वजनिक सवारी साधनहरु अनुमतिबिना सञ्चालन गर्न पाइने छैन, भने खाघान्य बस्तु का लागी बिहान ६ बजे देखि ९बजे सम्म, बेतुका ५ देखि ७

सिईडिबि हाइड्रोपावरको आईपीओमा ११ गुणा बढी आवेदन

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर आईपीओमा ११ गुणा बढी आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलमा अनुसार मंगलबार साँझ सम्ममा १७ लाख ३६ हजार ७०० आवेदनबाट २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता शेयर माग भएको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको ११.२४ गुणा बढी हो । सिडिएससीका अनुसार हालसम्म परेका कुल आवेदन