विशेष समाचार

स्पोर्टिङ लिस्वनबाट सन्यास लिने रोनाल्डोको चाहना

एजेन्सी –इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यवसायिक खेल जीवनको अन्त्य आफ्नो पुर्वक्लब स्पोर्टिङ लिस्वनबाट अन्त्य गर्ने चाहना रहेको बताएका छन् । युभेन्टसमा रोनाल्डोको सम्झौता २०२२ जुनसम्म रहेको छ । उनी आफ्नो सम्झौता अवधिसम्म युभेन्टसमै खेल्ने र त्यसपछि आफुले व्यवसायिक खेल जीवन सुरु गरेको क्लबबाट खेल्दै सन्न्यास लिन चाहना देखाएका हुन् । पाँच पटकको बालोन डिओर विजेता ३६ वर्षीय रोनाल्डोले ४० वर्षको उमेरसम्म खेल्न सक्ने छ । गतबर्ष

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसंगै ओली सरकार अल्पमतमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसहितको समर्थनमा ४ फागुन २०७४ मा प्रधानमन्त्रीको शपथ लिएका थिए । तत्कालीन एमाले र माओवादी केन्द्रले १७ असोज २०७४ मा चुनावी तालमेल गरेका थिए । साझा घोषणापत्रसहित आमनिर्वाचनमा होमिएपछि एमालेले प्रतिनिधिसभामा

नेपाल-खनाल समुहद्धारा सामुहिक राजिनामा दिने तयारी

काठमाडौं । केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिएलगत्तै आफूहरूलाई कारबाही गर्ने सूचना पाएपछि एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले त्यसअघि नै पदबाट राजीनामा दिने तयारी गरेका छन्। खनाल–नेपाल पक्षमा रहेका ३५ सांसदमध्ये २२ जना प्रत्यक्ष निर्वाचित छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले यसअघि नै किन कारबाही नगर्ने भनेर ३० जनालाई स्पष्टीकरण सोधिसकेका छन् । समानुपातिक सांसदले भने तत्काल राजीनामा नदिने गरी संवाद

काभ्रेमा कोरोना सङ्क्रमितको सङ्ख्या वढ्दै

काभ्रे । केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ। जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का अनुसार शुक्रबार २३ सङ्क्रमित थपिएका छन् ।   गत बिहीबार १९ मा सङ्क्रमण देखियो भने बुधबार ११ र मङ्गलबार छ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । जिल्लामा हाल ४३ पुरुषसहित ८२ कोरोना सङ्क्रमित रहेको केन्द्रले जनाएको छ । “जिल्लामा कोरोना सङ्क्रमण दर बढिरहेको छ, यस कारण विशेष सावधानी अपनाउनुर्पे देखिन्छ”, जिल्ला

दक्षिण कोरियामा विवाह नगरी गर्भवती हुनेको संख्या बढ्दै

काठमाडौं । विवाह अघि नै महिला गर्भवती हुने संख्या दक्षिण काेरियामा बढन थालेको छ । काेरियामा विवाह गर्ने युवा युवतीको संख्या अत्यन्तै न्यून भएपनि विवाह पुर्व नै गर्भवती हुने संख्या बढेको हाे । ख्यङ्गी रिसर्च इन्स्टिच्युटका रिसर्चर लि ब्योङ हो ले गरेको एक अध्यनले कोरियामा विवाह हुने ५ जोडी मध्ये १ जोडिको विवाह अघि नै गर्भधारण भइसकेको हुन्छ।उक्त अध्यनमा सन २००१ देखि २०१५ सम्म विवाह हुनेहरुमध्ये १४.५ प्रतिशतको पहिलो बच्चा

लोकतन्त्र दिवसको अवसर पारेर प्रधानमन्त्रीले आज धरहराको उद्घाटन गर्दै

काठमाडौं । धरहराको आधुनिक प्रविधिमार्फत नवनिर्माण सम्पन्न भएसँगै आज औपचारिक उद्घाटन गरिँदै छ । विसं २०७२ सालको भूकम्पले भत्किएको धरहराको आधुनिक शैली पुनर्निर्माण गरिएको हो । शनिबार लोकतन्त्र दिवसको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे धरहरा उदघाटन गर्न लाग्नुभएको हो । यद्यपि धरहराको सबै निर्माण कार्य सम्पन्न भने भइसकेको छैन । हतारहतार बाहिरबाट देखिनेगरी धरहरा ठड्याइएको भए पनि भित्री कामहरु, बेसमेन्ट तथा पर्खाल र अन्य संरचना निर्माण्,

भेरी अस्पताललाई अक्सिजन खरिद गर्न वडाध्यक्ष बेहनाद्धारा दुई लाख सहयोग

नेपालगंज । भेरी अस्पतालमा बेड भरिएका छन् । बिरामीका लागि चाहिने अक्सिजन सिलिन्डर अभाव भएको छ । बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन । भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढेसँगै बिरामीका लागि चाहिने अक्सिजनको समेत अभाव भएको छ । यहीबेला नेपालगन्ज उप महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्षले भेरी अस्पताललाई २०० सिलिण्डर अक्सिजन खरिद गर्न दुई

ताप्लेजुङमा भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु

काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो । स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकाशले लुकीछिपी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ । प्रताप भनेरसमेत चिनिने ३० वर्षीय आकाश प्रहरीको नियन्त्रणमा छन्

नेकपा एमालेको बैठक बस्दै, स्पष्टीकरणको बिषयमा छलफल हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहान ११ बजे बस्ने बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल सहित ३२ जनालाई सोधिएको स्पष्टीकरणबारे छलफल हुने भएको छ ।   पार्टी विभाजनसम्मको संकटमा पुगेको एमालेमा केहीदिन देखि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एक्लाएक्लै छलफललाई तीव्रता दिएका छन् । उनले लगातार दुईदिन वरिष्ठ नेता नेपालसँग छलफल गरेका थिए । हिजो (बिहीबार) भएको छलफल

मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबु चोकमा प्रदेश नम्बर ३–०१–००१ क ५३५२ नम्बरको मिनिट्रकले बा ६५ प ६७१६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सर्लाही विष्णु गाउँपालिका–२ की १८ वर्षीया शिल्पा ठाकुरको मृत्यु भएको हो प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते ठाकुरको उपचारका क्रममा ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा उदयपुर कटारिकी १८ वर्षीया क्रिस्मा विष्ट