प्रदुषणले स्वासप्रस्वास र आँखाको विरामी वढ्दै
काठमाडौं । गत शुक्रबारदेखी काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा लागेको गम्भिर प्रकृतिको तुँवालो नहट्दा मानिसमा गम्भिर समस्याहरु देखापर्न थालेका छन् । दीर्घरोगी, फोक्सो, मुटु, छालादेखि स्नायु प्रणालीसम्मका गम्भिर प्रकारका समस्या देखिन थालेको हो । अहिले बढिगरी आँखा पोल्ने समस्या राजधानीमा देखिन थालेको चिकित्सकहरु बताउछन् । वायुमा देखिएको प्रदुषण ६ दिनदेखी नहट्दा मानिसहरुलाई ज्वरो आउने, खोकी लाग्ने र छातीमा समस्या देखिन थालेको छ । तुँवालो लागेको जस्तो देखिएपनि त्यो