विशेष समाचार

माओवादी केन्द्रद्वारा गृहमन्त्री थापा सहित मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादल सहित मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषवाट फिर्ता हुन निर्देशन दिएको हो । बैठकले २४ घण्टाभित्र स्पष्टीकरण दिन पनि निर्देशन दिएको छ । बादल समूहबाट को-को भए एमालेका केन्द्रीय सदस्य ? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् ।

४५ जना अधिकृत उपसचिवमा बढुवा

काठमाडौं । ४५ जना अधिकृत उपसचिवमा बढुवा भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठता र कार्यसम्पादन मुल्याँकनद्धारा गरिने बढुवाका लागि बढुवा समितिको बिहीबारको निर्णयअनुशार नेपाल शिक्षा सेवा, पुरातत्त्व समूहका एक र नेपाल प्रशासन समूह, सामान्य प्रशासन समूहका ४४ गरी ४५ जनाको सूची प्रकाशित गरेको हो । पुरातत्त्व समूहका मोहन सिं लामा ज्येष्ठता र कार्य सम्पादनको मुल्याँकनद्वारा बढुवा भएका छन् भने अन्य ४४ जना कार्यक्षमताको मुल्याँकनद्धारा बढुवा भएका

अमिताभ र इमरानको 'चेहरे’ अप्रिल ९ मा रिलिज हुदै

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र इमरान हासमी पहिलो पटक एकसाथ पर्दामा देखिएको चलचित्र ‘चेहरे’ अप्रिल ९ मा रिलिज हुने भएको छ । सिनेमाको टिजरसहित अमिताभले ट्विटरमार्फत चलचित्र ‘चेहरे’ रिलिजको नयाँ मिति सार्वजनिक गरेका हुन् । बक्स अफिसमा सिंगल रिलिज हो भनेरै ‘चेहरे’ निर्माण टिमले रिलिज मिति अगाडि सारेको बलिउडका मिडियाले उल्लेख गरेका छन् । रुमी जाफ्र्रीले निर्देशन गरेको यो चलचित्रमा अमिताभ र इमरानसंगै रिया चक्रावर्तीको मुख्य अभिनय रहेको

मिलान र म्यानचेस्टर बाराबरीमा

एजेन्सी – युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब एसी मिलानले १–१ गोलको बराबरी खेलेका छन् ।ा अन्तिम समयमा सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेडले मिलानसँग बराबरी खेल्न बाध्य बनेको हो । ओल्डट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडका आमद दियालोले गोल गर्दा मिलानका सिमोन किएरले बराबरी गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । खेलको १२औं

बालुवाटारमा आज निर्णायक वार्ता गर्दै सरकार र जसपा

काठमाडौं । जनता समाजवादी पार्टीले आज (शुक्रबार) सरकारी पक्षसँग निर्णायक वार्ता गर्ने भएको छ । अपरान्ह ४ बजे वालुवाटारमा बोलाइएको कार्यदलको बैठकले निष्कर्ष निकाल्ने नेताहरुले बताएकाछन् । जसपाका नेता राजेन्द्र महतोले आजै बस्ने कार्यदलले निष्कर्ष निकाल्ने र सहमति बनेको खण्डमा अघि बढ्न सकिने जानकारी दिए । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग सहमति नबने नयाँ समिकरणमा जान सकिने बाटो खोलिने जसपाले जनाएको छ । हिजोको वार्ता सकारात्मक

मोटरसाइकलको ठक्करबाट नुवाकोटमा पैदलयात्रीको मृत्यु

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित ‘गल्छी–देवीघाट’ सडकखण्डको गैरीगाउँमा मोटरसाइकलको ठक्करबाट स्थानीय वीरमान श्रेष्ठको मृत्यु भएको छ । पैदल हिँडिरहेका सोही स्थानका ४५ वर्षीय श्रेष्ठलाई गए राति मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । उनका अनुसार ठक्कर दिने वा प्र ०२–०१९प ६०७९ नंको मोटरसाइकल र चालक विदुर नगरपालिका–३ का ३१ वर्षीय यमबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तारुकाबाट

एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बस्ने तयारी गरेको छ । केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको तर अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए । उनले भने, ‘आज शीर्ष नेताहरुसँग छलफल भएपछि मात्रै एकीनका साथ भन्न सकिन्छ ।’ सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको पहिलो पटक

सरकारी सुरक्षा आवश्यक नरहेको भन्दै विप्लवले फिर्ता पठाए सुरक्षाकर्मी

काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा १० जना सुरक्षाकर्मी खटाएपनि उनलेे फिर्ता गरिदिएका छन । सरकारसँग सहमतिसँगै फागुन २१ गते सार्वजनिक भएका महासचिव विप्लवलाई प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षाकर्मी खटाइएको थियोे । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गृहको निर्देशन अनुसार सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए। तर नेकपाका महासचिव विप्लवले सुरक्षा व्यवस्थाका लागि आफू नेता कार्यकर्ता र जनता संगै भएकोले सरकारी

घुस लिएको आरोपमा राजश्व कार्यालयका कर अधिकृत पक्राउ

धनुषा । धनुषा आन्तरिक राजश्व कार्यालय जनकपुरधामका कर अधिकृत घुस रकम सहित पक्राउ परेका छन् । कर अधिकृत रमेश ढकाललाई सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ताका लागि सेवाग्राहीसँग रकम लिन लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । अधिकृत ढकालले आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नविन कुमार कर्णलाई रकम लिन लगाएको अख्तियारको दाबी छ । ढकालका लागि रकम लिने कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भाद्र १८ मा प्रदर्शन  हुने

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति घोषणा गरिएको छ । अनमोल केसी र सुहाना थापाको मुख्य अभिनय रहेको चलचित्र ‘ए मेरो हजुर ४’ महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आगामी  भाद्र १८ गतेवाट प्रदर्शनमा आउने निर्माता सुुुुुनिल कुमार थापाले जानकारी दिए । सुनिलले आफ्नो फेसबुक मार्फत चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्दै दर्शकको साथ र सहयोगको अपेक्षा गरे । लकडाउनभन्दा अगाडि ५० प्रतिशत छायांकन सकिएको चलचित्रको छायाँकन