प्रहरी समायोजन सुरु हुदै, संयोजकमा उपाध्याय
काठमाडौं । सहसचिव घनश्याम उपाध्यायलाई प्रहरी समायोजन समितिको संयोजकको जिम्मेवारी दिइएको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखका साथै उनलाई प्रहरी समायोजनको पनि जिम्मेवारी दिइएको हो । यसअघि महाशाखा प्रमुख रहेका थानेश्वर गौतमको कास्कीको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि उपाध्यायलाई महाशाखाको जिम्मेवारी दिइएको हो । उनी यसअघि कर्णाली प्रदेशको आथिृक मामिला मन्त्रालयमा कार्यरत थिए । यसअघि चुनावको घोषणासँगै प्रहरी समायोजन स्थगित भएको थियो । चुनाव बदर भएसँर्गै प्रहरी समायोजन अघि