विशेष समाचार

आजबाट दुई राज्यमन्त्रीको पद रिक्त हुँदै

काठमाडौं । वर्तमान सरकारका दुई राज्यमन्त्रीको पद आज राति १२ बजेदेखि रिक्त हुँदै छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीको पद रिक्त हुन लागेको हो । उनीहरू आइतबार राति १२ बजेदेखि राष्ट्रिय सभा सदस्यबाट बिदा हुँदै छन् । सांसद पदबाट हटेसँगै उनीहरूको राज्यमन्त्री पद पनि रिक्त हुन लागेको हो । नेपाल सरकारको मन्त्री हुनका लागि सङ्घीय संसद्को सदस्य हुनुपर्ने संवैधानिक

नेपाल मगर संघ शाखा कतारले मनायो ४२ औं  स्थापना दिवस

दर्शन सुनार/कतार : “सम्पुर्ण मगरहरुको एकता- अहिलेको आवश्यकता” भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारले ४२ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । नेपाल मगर संघले शुक्रबार कतातको ग्रान्ड मलमा अबस्थित रेड चिल्ली रेष्टुरेन्टको सभाहलमा संघका अध्यक्ष रेशम आले मगरको सभापतित्व तथा नेपाल मगर संघका प्रमुख सल्लाहकार विवेक पुलामी मगरको प्रमुख आतिथ्यतामा संघले ४२ औँ स्थापना दिवस मनाएको हो । विधिवत उद्धघांटन ब्यानर अनावरण,दिप प्रजलन सहित अघि

नेपाल आउने पर्यटकको संख्या बढ्यो

काठमाडौं : पर्यटक भित्रिने याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन् । गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए । विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा आउने गरेका छन् । यसपटक नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै भारतबाट २५ हजार पाँच सय

नेपाल मगर संघ कतारले गर्‍यो कलाकार श्रेष्ठलाई सम्मान र बिदाई

दर्शन सुनार/कतार : नेपाल मगरसंघ शाखा कतारले नेपाल मगर मगर साँस्कृतिक परिवारमा आवद्ध रहेकी कलाकार कोपिला श्रेष्ठलाई संस्थागत बिदाई तथा सम्मान गरेको छ । नेपाल मगर संघ साँस्कृतिक परिवारमा २०२१ देखि आवद्ध रहेकी कलाकार श्रेष्ठ कर्मभुमी कतारलाई बिट मार्दै मातृभुमी प्रस्थान गर्न लागेको अवसरमा नेपाल मगर संघ शाखा कतार र नेपाल मगर साँस्कृतिक परिवारले शुक्रबार एक कार्यक्रमकाबीच कलाकार श्रेष्ठलाई कदर पत्र प्रदान गर्दै दोसल्ला ओढाएर बिदाई तथा सम्मान गरेको हो

शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने अभियन्ता शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए । शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर प्रहरीले ल्याएको थियो । घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र

विराजको ‘१२ गाउँ’ बाट डेब्यु गर्दै न्यान्सी खड्का

काठमाण्डौं : अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहने चलचित्र ‘१२ गाउँ’ बाट पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले डेब्यु गर्ने भएकी छिन्। अभिनेता विराजसँग बुधबार न्यान्सीको लिखित सम्झौता भएसंगै उनी मुख्य भुमिकामा देखिने भएकी छिन । आगामी चैत १५ गतेदेखि छायांकन सुरु हुने यो चलचित्रमा न्यान्सी खड्कासंगै विराजका छोरा समीर भट्टले पनि अभिनयमा डेब्यु गर्दैछन् । चलचित्रको सम्पूर्ण छायांकन नेपाल र भारतमा गरिने अभिनेता भट्टले जानकारी दिए। दोस्रो चलचित्र निर्माण

स्वदेशसंगै विदेशमा एकसाथ रिलिज हुँदै ‘महाजात्रा’

काठमाण्डौं : प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महाजात्रा’ आगामी चैत्र ९ गतेबाट नेपाल सहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने भएको छ। एमएसएम इन्टरटेनमेन्टले रिलिज गर्न लागेको यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनको लागी विभिन्न स्थानीय वितरकलाई नै जिम्मा दिइएको छ । चलचित्रले पैसाको व्यवस्थापन गर्दा आइपर्ने समस्याको कथा साथै जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ ।

बिरामी विर बहादुरलाई लिल बहादुरको सहयोग

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ८ बस्ने विर बहादुर पुनको परिवारलाई ६ महिना पुग्ने खाध्यान्न सहयोग भएको छ । दुबै मिर्गौला फेल र हेपाटाइटिस बि’बाट ग्रसित विर बहादुरको घरमा खान लाउन समेत मुस्किल रहेको खबर भिडियो सहित खबरगन्जले प्रकाशन गरेपछि खजुरा गाउँपालिका ४ डि गाउँ निवासी हाल अमेरिका रहनुभएका लिल बहादुर थापाले खाध्यान्न लगाएतका सामग्री प्रदान गर्नुभएको हो । चामल ७ बोरा, विस्कुट १ पेटि, अण्डा ३ क्यारेट,

शंकास्पद विलबिजक भएको लत्ताकपडासहित ट्रक नियन्त्रणमा

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट सशस्त्र प्रहरीले शंकास्पद विलबिजक भएको रु ७० लाख बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना८ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको विलबिजक शङ्कास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित नियन्त्रणमा लिएको हो । लत्ताकपडाको ७० लाख र ट्रकको अन्दाजी मूल्य रु ४० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी

रुसी सेनामा कार्यरत नेपालीको अवस्था चिन्ताजनक १६ को मृत्यु, २७२ जना सम्पर्कविहीन

काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । सरकारले १२ जनाको मृत्यु भएको बताइरहेका वेला रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको ‘पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियान’ले १६ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो । अभियानको सम्पर्कमा आएका पीडित परिवारजनले रुसबाटै पाएको मृत्युको सूचनाका आधारमा हालसम्म १६ जना आफन्तको काजक्रिया गरेको बताएका छन् । अभियानले रुसी सेनामा पाँच