विशेष समाचार

आमाको जन्मदिनमा हिमानी सँगै देखिए युवराज पारस

झापा । पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानी शाह वर्षाैपछि सँगै देखिएका छन् । पूर्व रानी कोमल शाहको जन्मदिनको अवसरमा दुवै जना सँगै देखिएका हुन् । कोमलको जन्मदिन झापाको पाँचतारे होटल मेची क्राउनमा मनाइएको छ । जहाँ पारस समेत उपस्थित छन् । पारसले हिमानीसहितको संयुक्त तस्वीर राखेर फेसकुमा आमालाई जन्मदिनको शुभकामना दिएका छन् । सो फोटोमा उनले बुबा ज्ञानेन्द्र र छोरा हृदयेन्द्रसँग बसेर समेत छुट्टै फोटो खिचाएका छन् ।

दशरथ रंगशालामा नेपाल र अष्ट्रेलियाबीच मात्र खेल हुने

काठमाडौं (हाम्रो खेलकद अर्को महिना दशरथ रंगशालामा हुने भनिएको विश्व कप छनोटका दुई खेल मध्ये अब एक खेल मात्र हुने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) कोभिड १९ का कारण उत्पन्न परिस्थितिका कारण र आ आफ्ना देशका मापदण्डका कारण भ्रमण नगर्ने भएपछि नेपालले अब अर्को महिनाका लागि तय मध्ये अष्ट्रेलियाविरुद्धको खेल मात्र हुने भएको छ । नेपाल र अष्ट्रेलियाबीच चैत १७ गतेका लागि दशरथ रंगशालमा खेल हुनेछ । यसै

बाराका मालपोत कार्यालय प्रमुख ६ लाख घुससहित पक्राउ

काठमाडौं । मालपोत कार्यालय बाराका प्रमुख मनोज कुमार खनाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घुससहित उनलाई शुक्रबार पक्राउ गरेको हो । सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम कार्यालयबाट रोक्का भएको कागजपत्र बनाउन उनले लेखापढी व्यवसायी बद्री प्रसाद बडालमार्फत घुस लिएका थिए । बडाललाई पनि प्रहरीले पक्राउ गरेको छ । दृष्टिन्युज

सुरक्षाफौजको कारबाहीमा ७ जना तालिबानीको मृत्यु

काठमाडौं । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्ती ७ जना तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा बिहीबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकू भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ । कारबाहीमा अरु तीन तालिबानी लडाकू पनि घाइते भएका थिए । सैनिक कारबाहीलाई सघाउन अफगान हवाई बलले पनि मद्दत गरेको रक्षा मन्त्रालयको भनाइ छ

प्रल्हाद र अजयबाबुलाई पाँच लाख राशिको ‘बसु रोटरी इण्टरनेशनल अवार्ड’ प्रदान

काठमाडौं । पत्रकारिताका माध्यमबाट सुशासन प्रवद्धनमा उल्लेखनीय योगदान गरेवापत पत्रकारद्वय प्रल्हाद रिजाल र अजयबाबु शिवाकोटीलाई पाँच लाख राशिको ‘बसु रोटरी इण्टरनेशनल अवार्ड’ प्रदान गरिएको छ । रोटरी इण्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले पेशाप्रति इमान्दार भई सुशासन प्रवद्र्धनमा टेवा पुग्ने गरी खोज, अनुसन्धानमूलक लेख रचना प्रकाशन गर्ने दुई पत्रकारलाई हरेक दुई वर्षमा पाँच–पाँच लाख र सम्मानपत्रसहितको उक्त पुरस्कार स्थापना गरेको हो । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा रोटरी इण्टरनेशनलका निर्वाचित अध्यक्ष शेखर मेहताले

नेकपा प्रचण्ड–माधव समूह केन्द्रीय सदस्यहरुको नागरिकता र हस्ताक्षर सहित निर्वाचन आयोग जाँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह केन्द्रीय कमिटीका सदस्यहरुको नागरिकता र हस्ताक्षर सहित निर्वाचन आयोग जाने तयारीमा जुटेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको स्थायी कमिटी बैठकपछि प्रचण्ड–माधव समूह आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएका हुन् । मध्यान्ह १२ बजे केन्द्रीय कमिटीका सदस्यहरुलाई नागरिकता सहित उपस्थित हुन भनिएको नेकपा नेता लिलामणि पोखरेलले जानकारी दिएका छन् । नेकपा विभाजन भएपनि निर्वाचन आयोगले भने दुवै पक्षलाई मान्यता दिएको

निर्देशक नवराजको म्युजिक भिडियो हुदै ठूलो पर्दासम्मको यात्रा

राम सापकोटा, काठमाडौं । कोहलपुर-०५ पिपिरिमा जन्मी नेपालगंजलाई कर्मथलो बनाएका नृत्य निर्देशक नवराज सुवेदी हिजोआज निकै व्यस्त छन । नेपालगंजको सगरमाथा बोर्डिङ स्कुलको जागिरे उनी मोफसलमा रहेर महिनामा २/३ वटा भिडियो निर्देशन गरिरहेका हुन्छन ।  पछिल्लो समय आधुनिक सहित थारु गीतहरुको भिडियो निर्देशन गरेका उनी आफु कला क्षेत्रमा नै काम गर्नकालागी जन्मेको बताउछन । विभिन्न स्कुल र सांस्कृतिक कार्यक्रममा नृत्य सिकाउदै म्युजिक भिडियोको यात्रा तय गरेका सुवेदिले रमेश वनगोसाइको ‘द

दोस्रो नेपालगन्ज फोटो फेस्टिवल फागुन १८ र १९ मा हुने

नेपालगंज । प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते शुक्रबारदेखी आयोजना गर्ने भनिएको दोस्रो नेपालगन्ज फोटो फेस्टिवल प्राविधिक कारणले आगामी फागुन १८ र १९ गते गरिने भएको छ । ‘यसबाट पर्न गएको असुविधा प्रति क्षमा चाहन्छौं’– अन्तरालका अधिकृत गणेश राईले भने  । उनले फेस्टिवललाई अझै भव्यता दिने गरी तयारी भैरहेको बताए । फेस्टिवलमा फोटो पठाउन छुटेका व्यक्तिहरुको लागि फागुन १५ गते सम्म समय थप गरिएको छ । फोेटो प्रतिस्पर्धाका लागि ६

प्रहरीले दिएको यातनाबाट जुम्लाका १३ वर्षीय पदमको ज्यान गयो

काठमाडौं । हिरासतमा प्रहरीले दिएको यातनाबाट जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्यांकोटका १३ वर्षीय बालक पदम बुढाको मृत्यु भएको छ । प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शनमा उत्रिएका स्थानीयमाथि पनि प्रशासनले दमन गरेको छ, त्यसक्रममा पीडित परिवारका तीन जना घाइते भएका छन् । मोबाईल चोरेको आरोपमा गत १८ माघमा प्रहरीले पदमलाई जिल्ला प्रहरी कार्यालय ल्याएको थियो । जहाँ उनलाई निक्कै यातना दिइयो । प्रहरी कार्यालयबाट घर फर्किएपछि पदमको खुट्टा र शरिर सुन्निनुका साथै निलडाम देखिएपछि परिवारले उपचारका लागि कर्णाली

‘केजीएफ २’ को रिलिज मिति घोषणा जुलाई १६ मा विश्वभर रिलिज हुने

मुम्बई । बलिउड स्टार सञ्जय दत्त र साउथ स्टार यश अभिनीत बहुप्रतीक्षित चलचित्र ‘केजीएफ २’ को रिलिज मिति घोषणा गरिएको छ । चलचित्र सन् २०२१ को जुलाई १६ मा रिलिज हुने भएको छ । अभिनेताद्वयय सञ्जय र यशले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । यस चलचित्रको रिलिजका लागि भारतलगायत नेपालका दर्शकहरु पनि व्यग्र प्रतीक्षामा छन् । हालै रिलिज भएको टिजर पनि दर्शकले निकै मन पराइरहेका छन् । सञ्जयले उनको