विशेष समाचार

महाधिवेशनको मिति तोक्न कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा बस्दै

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति तोक्न केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो समितिको बैठक बोलाइएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक बोलाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बोलाएको आफू पक्षीय जिल्ला सभापतिको भेला स्थगित गरेका छन्। फागुन ७ देखि तोकिएको १४ औं महाधिवेशन समयमा हुन नसके पनि नयाँ मिति घोषणा गरिएको थिएन। भदौभित्र महाधिवेशन गर्नै पर्ने

नेपाल प्रहरीले गर्यो दिल्लीवाट महिला र बालकको सफल उद्धार

काठमाडौं । इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले नेपालबाट दिल्ली लगिएका एक महिला र बालकको उद्धार गरेकोछ । सिरहा नगरपालिका ७ स्थित आफ्नै घरबाट गत मङ्सिर २७ गतेदेखि वेपत्ता भएका २३ वर्षीया महिला र उनका ५ वर्षीय तथा ३ वर्षीय छोराको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा भारतको नयाँ दिल्लीबाट शनिबार शकुशल उद्दार गरेको हो । उनीहरू घरबाटै वेपत्ता भएको र भारत बिहारको दरभंगा बस्ने दिपक पासवानसँग रहेको अवस्थामा दिपकका आफन्त भारतीय

फागुन अन्तिमसम्ममा नेपालले भारतसँग २० लाख डोज भ्याक्सिन खरिद गर्ने

काठमाडौं । सरकारले भारतसँग २० लाख डोज भ्याक्सिन खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँग २० लाख डोज भ्याक्सिन खरिद गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार यसै महिनाको अन्त्यसम्म भारतबाट खोप आइसक्नेछ । तीनसाताअघि सरकार र भारतको सेरम इन्स्टिच्युटबीच खोप खरिदबारे सहमति भएको थियो । कृषिमन्त्री पद्मा अर्यालका अनुसार मन्त्रिपरिषद् बैठकले भारतसँग खोप खरिद गर्ने निर्णय गरेको छ ।

एक सातामै पुनः पेट्रोलियम पदार्थमा मुल्य वृद्धि

४ फागुन, काठमाडौं । नेपाल आयल निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको भाउ बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनकाे भाउ लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ । बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलकाे ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा चेलकाे भाउ

भागरथी पढ्ने विद्यालयकै छात्रद्धारा बलात्कार र हत्या गरेको स्वीकार बुधवार सार्वजनिक गर्दै

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेको छ । स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । प्रहरी स्रोतका अनुसार दिनेश भट्ट नाम गरेका ती छात्रलाई आज बुधवार बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ । माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन्

मोरङमा नेत्र विक्रम चन्द 'विप्लव’ सहित ४२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

मोरङ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहित ४२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । जिल्ला अदालत मोरङमा दर्ता भएको मुद्दामा मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको अपहरण र हत्या आरोप लगाइएको छ । अभियोगपत्रमा विप्लवको निर्देशनमा शिक्षक श्रेष्ठको अपहरणपछि हत्या गरिएको उल्लेख छ । आजदेखि थुनछेक बहस गर्ने जिल्ला अदालत मोरङले जानकारी दिएको छ । मिक्लाजुङ गाउँपालिका–१, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको गत

भारतको मध्यप्रदेशमा ५४ यात्री सवार वस नहरमा खस्यो

काठमाडौं । मध्यप्रदेशको सिधिमा मंगलबार बिहान बस दुर्घटना भएको छ । यात्रीले भरिएको बस बाणसागर नहरमा खसेको हो । हालसम्म २५ को शव भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । स्रोतका अनुसार बसमा ५४ यात्री सवार थिए । अधिकारीले मृतकको संख्या ४५ जनाभन्दा बढी हुन सक्ने आशंका गरेका छन् । ७ यात्रुको उद्धार गरिएको छ भने ड्राइभरले पौडी खेलेर आफ्नो ज्यान बचाए । उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको भारतीय

नेपाली सेनाको बस दुर्घटना हुँदा  क्याप्टेन सहित १० जना गम्भीर घाइते

नेपालगंज । बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलास्थित सोमवार नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन् । सोलु नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार मध्ये १० जना घाइते भएका हुन । उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल,

प्रहरीका सइ र असइको भाग्य चम्कदै

काठमाडौं । नेपाल प्रहरीको बढुवामा सधैं चलखेल हुन्छ । रिक्त पद थोरै हुने, आकांक्षी धेरै हुने तर निष्पक्षता नहुने भएकाले यस्तो चलखेल हुनु स्वभाविक हो ।अझ सइबाट इन्सपेक्ट बढुवामा प्रहरी नेतृत्वमाथि अत्याधिक दबाब आउने गर्दछ । हाल सइका एक सय पद रिक्त छन् । जसमध्ये ४० पदमा बढुवा हुन्छ । त्यसमा तीन सय भन्दा धेरै सइ प्रतिस्पर्धामा छन् । यस्तो समस्या भएपछि प्रहरी प्रधान कार्यालयले नीति नै फेर्नुपर्ने निष्कर्षमा पुगेको

नेपाली कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दै

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ। जिल्ला कार्यसमितिले ७७ वटै जिल्लामा सोमबार विरोध प्रदर्शन गरिने कांग्रेसले जनाएको छ। त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले आजको प्रदर्शनमा सहभागी हुन आफ्ना नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्। संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले चरणबद्ध विरोध प्रर्दशन गर्दै आएको छ। यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ मा विरोध प्रदर्शन