विशेष समाचार

भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि

काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमले भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार पोष्टमार्टममा संलग्न चिकित्सकहरुले भट्टको बलात्कार भएको रिपोर्ट दिएका छन् । भट्टको टाउको र हातमा चोट लागेको, यौनांगमा घाउ र घाँटीमा पनि निलडाम भएकाे प्रहरी स्राेतले जनाएकाे छ । भट्टको हत्या अनुसन्धान गर्न सुदूरपश्चिम प्रहरी कार्यालयका

लुटपाटको प्रयाङक भिडियो बनाउन खोज्दा एकजना युवाको गोली लागेर मृत्यु

काठमाण्डौं । अमेरिकाको नासभिलमा युट्युबका लागि लुटपाटको प्रयाङक भिडियो बनाउन खोज्ने एकजना युवाको गोली लागेर मृत्यु भएको छ । नासभिल विजनेशको पार्किङ लटमा शुक्रबार राती युट्युबका लागि लुटपाटको प्रयाङक भिडियो बनाउँदै गर्दा गोली हानिएको थियो । २० बर्षका तिमोथी विल्कस र उनका साथीले उक्त भिडियो बनाउँदै थिए । उनीहरु एउटा चक्कु बोकेर मान्छेहरुको समुहतिर आएका थिए । उक्त समुहमा डेभिड स्टान्र्सनामका २३ बर्षका व्यक्ति समेत थिए । उनले चक्कु बोकेर

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा १५ हजार दरबन्दी रिक्त

काठमाडौं । नेपाल प्रहरीमा ६ हजार पाँच सय र सशस्त्र प्रहरीमा आठ हजार पाँच सय गरी अहिले १५ हजार दरबन्दी रिक्त छन् । भद्रगोल वृत्तिविकास योजनाका कारण दुवै संगठनमा राजीनामा दिनेको लहर चलेको छ । नेपाल प्रहरीमा अहिले इन्स्पेक्टरका सय दरबन्दी रिक्त छन् । त्यसमध्ये ६० प्रतिशत पदमा भर्नामार्फत र ४० प्रतिशतमा बढुवामार्फत पदपूर्ति हुन्छ । बढुवाबाट पूर्ति गरिने ४० पदमा बढुवा गर्न प्रहरी नेतृत्वलाई हम्मे भएको छ । किनभने डेढ सयभन्दा धेरै सइ बढुवाका

पर्सामा ९ किलो चरेससहित एकजना पक्राउ

काठमाडौं । नौ किलो २० ग्राम लागुऔषध चरेससहित पर्साबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–७, विश्रामपुर बस्ने ६० वर्षीय मुसलीम देवान छन् । शनिबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनलाई घरैबाट पक्रेको हो । चरेस बिक्री–वितरण गर्ने प्रयोजनार्थ लुकाइछिपाइ राखेको भन्ने सूचना पाएर प्रहरी देवानको घरमा पुगेको थियो । उनको घर खानतलासी गर्दा कोठाभित्र खाटमुनि लुकाइ राखिएको ५०० ग्रामको १२ पोका र २५० ग्रामको १२ पोका

बैतडीमा आफ्नै बाबुद्धारा गोली हानी छोरीको हत्या

काठमाडौं । बैतडीमा गोली हानेर बुवाले छोरीको हत्या गरेका छन् ।पुर्चौंडी नगरपालिका-१० का ६५ वर्षीय धनबहादुर महराले आफ्नी २० वर्षीया छोरी बेलमती महरा धामीलाई भरुवा बन्दुकले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीले घटनाबारे स्थानीयबाट खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ गइरहेको बताए। उनले शनिबार बेलुकी ५ बजेतिर घटना भएको बताए। स्थानीयलाई उद्धृत गर्दै उनले श्रीमान–श्रीमतीको झगडामा छोरीले छुट्याउन खोज्दा विवाद भएपछि

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु

कैलाली । कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेका अनुसार घटनामा परी माटो खन्न गएका दुई जना घाइते भएका छन् । घाइते हुनेमा काजल विक र अञ्जु जैगढी छन्

महाराजगञ्ज वृत्तका डिएसपी खडकालाई कारबाही सिफारिस

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज वृत्तका डिएसपी रोशन खडकालाई कारबाही सिफारिस भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी भोला रावल नेतृत्वको छानबिन समितिले उनलाई कारबाही सिफारिस गरेको हो । लुटपाटमा संलग्ननताको आशंका गरिएका व्यक्तिमाथि विस्तृत अनुसन्धान नै नगरी छाडिएको घटनामा कारबाही सिफारिस भएको हो । सो घटनामा उनको गलत नियत नदेखिएको तर लापरबाही देखिएको छानबिन समितिले जनाएको छ । गत १० पुसमा महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कले सुन लुटपाटको

चट्याङ लागेर रुकुममा श्रीमानको मृत्यु श्रीमती घाइते

रुकुम पश्चिम । चट्याङ लागेर रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ६ का अन्दाजी ४२ वर्षीय भिमबहादुर बोहराको चट्याङ लागेर मृत्यु भएको हाे । शुक्रबार बेलुकी परेको चट्याङ लागेर बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चट्याङ लागेका बोहराको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर बोहराकी ३५ वर्षीया श्रीमती सीता बोहरा भने घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक

सल्यान कारागारमा रहेका १२२ कैदीबन्दीले लगाए कोभिड-१९ विरुद्धको खोप

सल्यान । जिल्ला कारागार सल्यानमा रहेका १२२ कैदीबन्दीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा कर्यालयसँगको सहकार्यमा  सल्यान कारागारभित्र रहेका कैदी बन्दीहरुलाई शुक्रबार कोभिडविरुद्धको खोप लगाइएको हो । कारगारभित्र रहेका १५४ मध्ये १२२ जना कैदीबन्दीले कोरोना खोप लगाएका हुन् । जसमा १०३ पुरुष र १९ महिलाका साथै दुई कर्मचारीले पनि कोरोना खोप लगाएको जेलर बलबहादुर केसीले जानकारी दिए । कारागारभित्र रहेका कैदीबन्दीमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढी हुने भएकाले

प्रधानमन्त्री ओलीद्वारा आफ्नो सरकारले इतिहासकै बढी प्रगति गरेको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले इतिहासकै बढी प्रगति गरेको दाबी गरेका छन्। उनले यसअघिका कुनै पनि सरकारले गर्न नसकेको विकास आफू नेतृत्वको सरकारले गरेको दाबी गरे । वर्तमान सरकारले इतिहासका अन्य कुनै सरकारले नगरेको बताउँदै उनले भने, ‘यति छिटो विकास इतिहासमा कुनै सरकारले गरेको थियो? अहिले जस्तो काठमाडौं कहिल्यै थियो? अहिले जति बाटो कहिल्यै बनेका थिए?’ शुक्रबार ओली पक्षीय नेकपाको बागमती प्रदेशले नारायणहिटी संग्राहलय अगाडि गरेको सभालाई