भारतमा निर्मित खोपलाई आपतकालीन प्रयोगका लागि सरकारले दियो अनुमति
काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको आपतकालीन खोप प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोप नेपालमा आपतकालीन प्रयोग गर्न अनुमति दिएको हो । विभागको शुक्रबार बसेको बैठकले आपतकालीन प्रयोगका लागि भारतीय कम्पनीले तयार पारेको खोप खरिद गर्ने निर्णय गरेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । सरकारले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप प्रयोगको अनुमति दिएको हो । सिरम