विशेष समाचार

प्रचण्ड-नेपाल समुहले प्रधानमन्त्री ओलीलाई पठायो संविधान सहित विरोधपत्र

काठमाडौं । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा जुलुससहित पुगेको काठमाण्डाै जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तकसहित विरोधपत्र पठाएको छ ।   नेकपा प्रचण्ड–माधव समूहले गठन गरेको केन्द्रीय सङ्घर्ष समितिले शुक्रबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध पत्र र नेपालको संविधान–२०७२ पठाएको हो । हाम्राखबर

थप ५५४ संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार नाघ्यो

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल नेपालमा ५ हजार २१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।   गत २४ घण्टामा ५ हजार २ सय ६९ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ५४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको हो ।   २४ घण्टामा थप ६ जना

काठमाडौंमा नेविसंघले उल्टो हिँडेर संसद विघटनको गर्यो विरोध

काठमाडौं । काठमाडौंमा नेविसंघले उल्टो हिँडेर संसद विघटनको विरोध गरेका छन् । माइतीघर मण्डलाबाट नेविसंघ नेता–कार्यकर्ताहरु उल्टो हिँड्दै बानेश्वरसम्म आइपुगेका छन् ।   उनीहरुले संसद विघटनको विरोध गर्दै केपी ओलीविरुद्ध चर्का नारासमेत लगाएका थिए । प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमल्सिना, युवराज पाण्डेलगायत सहभागी भएका छन् ।   नेविसंघकी नेतृ एलिजा ढकालले प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत संसद विघटन गरेर उल्टो

विप्लवका काठमाडौं जिल्ला इन्चार्ज भिमसेन पक्राउ

काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को काठमाडौं जिल्ला इन्चार्ज भिमसेन घिमिरे (विपिन) पक्राउ परेका छन्।   घिमिरेलाई विशेष ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । ब्यूरो स्रोतले भन्यो, ‘घिमिरेलाई हामीले पक्राउ गरेर अनुसन्धानका लागि काठमाडौं परिसर पठाएका छौं।’   लामो अनुसन्धानपछि बुधबार ब्यूरोको टोलीले घिमिरेलाई पक्राउ गरेको थियो। घिमिरेको पक्राउ भने प्रहरीले अहिलेसम्म गोप्य राखेको छ। स्रोतका अनुसार उनीमाथि महानगरीय प्रहरी परिसर काठमाडौंबाट चन्दा ऐन २०३०

प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपाल समूहलाई दिए भगौडाको संज्ञा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालको समूहलाई भगौडाको संज्ञा दिएका छन्। सुदूरपश्चिमको धनगढीमा आयोजित आफूपक्षीय कार्यकर्ताको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीओलीले यस्तो बताएका हुन्। ‘तपाईहरूले केही भगौडाहरुको कुरा सुन्नु भएको होला। केन्द्रीय कमिटीको बैठकमा नआएर  सडकमा गए,  गाली गरेर, पत्रपत्रिकामा लेखाएर हामी यता छौँ भनेका छन्। उहाँहरूका समर्थकहरू गालीगलौज गरेर  हिँडेका छन्। हामीलाई गाली गर्ने फुर्सद छैन। हामी दन्तबजान गर्दैनौं,’ उनले भने, ‘यहाँका  विकासका समस्या निराकरण गर्दै छौं।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय उद्योगीहरुको साथी हो: राज्यमन्त्री बि.क.

सुर्खेत । उद्याेग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री विमला बि.क.ले उद्योग व्यावसायीलाई व्यावसायीक प्रवर्द्धनकालागी आवश्यक सिप, प्रविधि, उपकरण, अनुदान र नितिगत रुपमा सम्पुर्ण सहयोग गर्न आफु र मन्त्रालय तयार रहेको बताउनुभयो । नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय व्यापार तथा निकासी केन्द्र र सुर्खेत उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा विहिवार कर्णाली प्रदेशको वस्तु निर्यातजन्य व्यावसायमा उद्योगी व्यवसायीलाई लक्षित गरी आयोजित अन्तराष्ट्रिय व्यापार विश्लेषण तथा खोज विषयक ३ दिने तालिमको सम्पन्न

हिल्साको बाक्लो हिमपातमा सशस्त्रको गस्ती

हुम्ला । चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाकामा केही दिनयता हिमपात भएको छ । बाक्लो हिउँ जमेको भए पनि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी)ले सीमा सुरक्षा गस्ती गरिरहेको छ । नाम्खा गाउँपालिका– ५ को हिल्सा नाका क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी स्थापना भएयता नियमित सीमा सुरक्षा गस्ती गर्दै आएको छ । अहिले हिल्साको तापक्रम माइनस १४ डिग्री सेन्टिग्रेडमा झरेको छ । हिमपातका कारण मान्छेको चलहपलह कम भएको समय पारेर सीमा क्षेत्रमा आपराधिक गतिविधि नहून्

ट्रम्पका समर्थकले हिंसा मच्चाउदा एकको मृत्यु दर्जनौं घाइते

काठमाण्डौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसा भड्काएका छन् । सडकमा निस्किएर हिंसात्मक प्रदर्शन सुरु गरेपछि अमेरिकी राजधानी वासिङ्टन डीसीमा कर्फ्यु लगाइएको छ । स्थानीय समयअनुसार बुधबार साँझदेखि बिहीबार बिहानसम्म कर्फ्यु लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।   ट्रम्प समर्थकले बुधबार क्यापिट हिल्स भवनमा पसेर हिंसात्मक प्रदर्शन गरेका थिए । अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजको गणनालाई लिएर बहस भइरहेका बेला ट्रम्प समर्थकले हिंसा मच्चाएका हुन् । अमेरिकी सुरक्षा अधिकारीहरुका अनुसार

साेलार सट हुदा विद्यालयमा आगलागी , २५ लाख बराबरको क्षति

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा न १२ स्थित जनकल्याण माध्यमिक विद्यालयमा भिषण आगलागी भएको छ ।बुधबार साँझ एकासी साेलारकाे ब्याट्री बिष्फाेट हुदा आगलागी भएको प्रारम्भिक जानकारी आएको छ । विद्यालयमा २४०० वाटको सोलार राखिएको थियोे । उक्त साेलार सट हुदा बिद्यालयमा आगलागी हुदा कागजातहरु जलेर नष्ट भएका छन । घटना स्थलमा प्रहरी चाैकि सर्केना बाट खटेकाेे प्रहरी र स्थानीयकाे सहयोगमा आगाे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चाैरजहारीका

भारतमा निर्मित औंठीले गिनिज बुकमा विश्‍व कीर्तिमान राख्यो

सीएनएन । एउटा औंठीमा कतिवटासम्म हीरा जडान गर्न सकिन्छ होला ? यसको जवाफ गिनिज बुकमा नयाँ विश्‍व कीर्तिमान (रेकर्ड) राखेको भारतमा निर्मित औंठीले दिएको छ, जसमा १२ हजार ६३८ हीरा जडान गरिएको छ । भारतको मिरुतस्थित रेनानी ज्वैलर्सका संस्थापक हर्षित वंशलले यसको अति आकर्षक डिजाइन सार्वजानिक गरेका हुन् ।   सयपत्री फूलमा आधारित भएकाले यो औंठीको नाम, ‘मेरी गोल्ड’ राखिएको छ र यसलाई समृद्धिको औँठी पनि भनिएको छ । यसमा