विशेष समाचार

सिन्धुपाल्चोक केन्द्रविन्दु भई बुधबार बिहानै ६ म्याग्निच्यूडको भूकम्प

काठमाडौं ३१ भदौ । सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई बुधबार बिहानै गएको भूकम्पको धक्का २०७२ सालकै भूकम्पको परकम्प भएको भूकम्पविद्ले जानकारी दिएका छन्। बिहान पाँच बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भई ६ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बुधबार बिहान गएको भूकम्प २०७२ सालकै भूकम्पको परकम्प भएको जानकारी दिए। २०७२ साल वैशाख १२ गते गएको ७।८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पपछि पाँच वर्षदेखि नै परकम्पहरु आइरहेका छन्। बुधबार

नेपाल प्रहरीलाई मर्यादित र अनुशासित बनाउन आचारसंहिता कार्यादेश जारी

काठमाडौं ३१ भदौ । नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई शिष्ट, मर्यादित, जबाफदेही, कर्तव्यनिष्ठ, नैतिकता र अनुशासनप्रति प्रतिबद्ध बनाउन आचारसंहिता कार्यादेश २०७७ जारी गरेको छ। मंगलबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरिक्षक शैलेश थापाले कार्यादेश सार्वजनिक गरे। कार्यादेशका मुख्य बुँदा निम्न बमोजिम छन्। – प्रहरी कर्मचारीले सेवा प्रवाह गर्दा, सेवाग्राहीसँग व्यवहार गर्दा वा व्यक्तिगत एवं पेशागत कर्तव्य निर्वाह गर्नु पर्दा अनिवार्य रुपमा सेवाग्राहीसंग कुनै प्रकारको आग्रह वा पूर्वाग्रह वा द्वेष भाव नराखी समान

अब १ र २ रुपैयाँका नयाँ सिक्कामा नेपालको नयाँ नक्सा

काठमाडौं – १ र २ रुपैयाका नयाँ सिक्कामा नयाँ नक्सा राखिने भएको छ । मंगलबार सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारको निर्णय सार्वजनिक गर्दै १ र २ रुपैयाँका नयाँ सिक्कामा नेपालको नयाँ नक्सा अंकित गरिने बताएका हुन् । नयाँ सिक्का छाप्नका लागि सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकलाई स्वीकृति दिएको ज्ञवालीले बताए । त्यस्तै मन्त्रिपरिषद बैठकका निर्णयबारे जानकारी गराउदै ज्ञवालीले असोज १ गतेदेखी लामो दुरीका सवारी साधन

असोज १ गतेदेखि लामो दुरीका बस चल्ने, भाडा ५० प्रतिशत बढी

काठमाडौं । लामो दुरीका सवारीसाधन असोज १ गतेबाट चल्न पाउने भएका छन् । सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारको निर्णय सार्वजनिक गर्दै असोज १ गतेबाट लामो दुरीमा सवारीसाधन सञ्चालन हुने बताएका हुन् । लामो दुरीका बस सञ्चालन गर्दा सुरक्षाका उपाय अपनाउदै ५० प्रतिशतमात्रै सिटमा यात्रु राख्न पाइने बताइएको छ । सिटमा एकजनामात्रै यात्रु राख्न पाइने भएकाले व्यवसायीले ५० प्रतिशतसम्म भाडा बढी लिन पाउनेछन् । त्यस्तै बसमा अनिवार्य मास्क

छुरा प्रहार गरी बाबुले लिए छोराको ज्यान

काठमाडौं – पर्सामा बुवाले छुरा प्रहार गरी छोराको ज्यान लिएका छन् । पोखरिया नगरपालिका ६ को सिर्सियामा भनाभन हुँदा बाबुले छोरामाथि छुरा प्रहार गरेका हुन् । प्रहरीका अनुसार सोमबार साझँ ७० वर्षीय बुवा लक्ष्मी साह रौनियारले ३५ वर्षीय छोरा माधव साह रौनियारमाथि छुरा प्रहार गरेका हुन् । रक्सीको तालमा उनीहरुबीच भनाभन भएको बताइएको छ । बुबाले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका छोरालाई उपचारको लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु

काठमाडौं उपत्यकामा थपिए अहिलेसम्मकै सबैभन्दा धेरै ६७६ कोरोना संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जना गरी जम्मा ६७६ जना संक्रमित थपिएका छन् । यसअघि सोमबार (हिजो)  काठमाडौंमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जना गरी जम्मा ५१२ जना संक्रमित थपिएका थिए । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

भारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले परीक्षा दिन पाएनन्

काठमाडौं । भारतको उत्तराखण्ड राज्यका शहरहरु चम्पावत र पिथौरागढमा डिग्री कलेजमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले परीक्षा दिन समेनन् । कुमाउँ विश्वविद्यालयको परीक्षा सोमबारदेखि सुरु भएको छ तर ठूलो संख्यामा नेपाली विद्यार्थीहरु परीक्षामा सहभागी हुन सकेका छैनन् । टाइम्स अफ इण्डियाका अनुसार अधिकांश विद्यार्थीहरु कोभिड–१९ का कारण लगाइएको प्रतिबन्धका कारण नेपालमै अड्किएर परीक्षामा सहभागी हुन पाएका छैनन् । परीक्षामा सहभागी हुन समेका सीमित विद्यार्थीहरुलाई पनि सीमा पार गर्न निकै कठिनाइको सामना

यूट्यूबले भारतमा टिकटकजस्तै नयाँ एप ल्याउँदै

बीबीसी। यूट्यूबले टिकटकको नयाँ प्रतिस्पर्धीको रूपमा भारतमा आफ्नो नयाँ एपको बीटा संस्करण परीक्षण गर्ने घोषणा गरेको छ। यूट्यूब सर्ट्स नामक उक्त एपमा १५ सेकेन्डको भिडिओ बनाउन मिल्नेछ र तिनको सिर्जना गर्ने शैली र तरिका चिनियाँ स्वामित्वको टिकटकसँग मिल्दोजुल्दो हुनेछ। भारत र चीनबीच सीमामा तनाव चुलिएका बेला दिल्लीले टिकटकसहित सबै चिनियाँ एपलाई जुन प्रतिबन्ध लगाएको थियो। प्रतिस्पर्धा त्यस बेलासम्म भारतमा टिकटकका सर्वाधिक १२ करोड प्रयोगकर्ता थिए। यूट्यूबले भारतमा अब टिकटकको अभाव

दुई महिनायता पहिरोबाट सिन्धुपाल्चोकमा ७४ को मृत्यु

सिन्धुपाल्चोक, निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले धनजनको ठूलो क्षति पुर्याएको छ ।यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ जना बेपत्ता छन् । आइतबार बाह्रबिसे नगरपालिका ७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ जना अहिले पनि बेपत्ता छन् । असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका १२ र ९ मा गएको बाढीपहिरोले दुई जनालाई बगाएको थियो भने

फेरि बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार तोलामा ४ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला ९६ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला ९७ हजार रुपैयामा कारोबार