छुरा प्रहार गरी बाबुले लिए छोराको ज्यान
काठमाडौं – पर्सामा बुवाले छुरा प्रहार गरी छोराको ज्यान लिएका छन् । पोखरिया नगरपालिका ६ को सिर्सियामा भनाभन हुँदा बाबुले छोरामाथि छुरा प्रहार गरेका हुन् । प्रहरीका अनुसार सोमबार साझँ ७० वर्षीय बुवा लक्ष्मी साह रौनियारले ३५ वर्षीय छोरा माधव साह रौनियारमाथि छुरा प्रहार गरेका हुन् । रक्सीको तालमा उनीहरुबीच भनाभन भएको बताइएको छ । बुबाले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका छोरालाई उपचारको लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु