नेपाली कलाकारलाई कतारमा सम्मान
दर्शन सुनार, कतार : नेपालबाट आफ्नो सांगीतिक प्रस्तुति दिन कतार पुगेका चार जना राष्ट्रिय कलाकारहरु एकै साथ सम्मानित भएका छन्। सांगीतिक प्रस्तुति दिन कतार पुगेका गायक तथा सर्जक डोलराज बार्हघरे, गायक तथा हास्यंकलाकार अर्जुन कुँवर, लोक तथा दोहोरी गायिका रुस्मा सिञ्जाली मगर ( रुपी) र मोडल तथा डान्सर अस्मिता राना मगर सम्मानित भएका हुन्। स्याङ्जा सहयोग समाज कतार र लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा कतारले संयुक्त रुपमा बुधबार साझँ