विशेष समाचार

बुटवलकी कोरोना संक्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया

नेपालगन्ज ६, भदौ । कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरस संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । स्त्री रोग विशेषज्ञ सहितको टोलीले शनिबार बिहान शल्यक्रिया गरेको हो । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया उनको आइतबार एक्कासी पेट दुखेपछि प्रादेशिक अस्पताल बुटवल पुगिकी थिइन् । परीक्षणका क्रममा कोरोना रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकले उपचारका लागि काठमाडौँ वा नेपालगञ्ज जान सुझाएका थिए । उनी कोहलपुर पुगिन् । तर चिकित्सकले तत्काल शल्यक्रिया आवश्यक नरहेको भनेर

नयाँ पेट्रोलियम पाइपलाइन बिछ्याउने विषयमा नेपाल-भारत संयुक्त कार्यदलमा छलफल

काठमाडौं ६, भदौ । पेट्रोलियम तेल तथा ग्याँस सहकार्यबारे नेपाल-भारत संयुक्त कार्यदलको पछिल्लो बैठकमा नयाँ पाइप लाइन बिछ्याउने विषयमा छलफल भएको छ। गत अगष्ट १३ मा भएको भर्चुअल बैठकमा मोतिहारी(अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट भइरहेका काम कारबाहीप्रति दुवै देशका प्रतिनिधिले सन्तुष्ट व्यक्त गरेका थिए। नेपाललाई आवश्यक अधिकांश पेट्रोल यही पाइपलाइनबाट नेपाललाई उपलब्ध भइरहेको छ। यसबाहेक अन्य कुन(कुन ठाउँमा पेट्रोलियन पाइपलाइन निर्माण गर्न सकिन्छ भन्ने विषयले पनि बैठकमा प्रवेश पाएको भारतद्धारा जारी विज्ञप्तीमा

कांग्रेसको प्रधानमन्त्रीलाई प्रश्न खाडीका श्रमिक ‘बर्ग शत्रु’ हुन् ?

काठमाडौं ६, भदौ । प्रमुख विपक्षी नेपाली कांग्रेसले विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाईप्रति असन्तुष्टि जनाएको छ । सरकारले बिहीबार मात्र पीसीआर टेष्ट सहज भएका देशहरुमा भदौ १६ बाट सशर्त नियमित उडान गरेर नेपालीहरुलाई आउन दिने निर्णय गरेको छ । यसरी आएकाहरु आफ्नै खर्चमा सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्छ । यस्तै पीसीआर टेस्ट सहज नभएका मुलुकहरुबाट चार्टर उडानबाट ल्याइनेछ । वैदेशिक रोजगोर कोषको रकमबाट उद्दार गर्नेहरुलाई भने स्थानीय तहहरुले बनाएको

कोरोना अपडेटः आज ६३४ थपिए, मृत्यु ९, डिस्चार्ज १३६

काठमाडौं ६ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार १३६ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिनुभयो। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ५ सय

बाँकेमा आज २८ जना डिस्चार्ज, प्रदेश सांसद नमूनाले पनि जितिन् कोरोना

नेपालगन्ज ०४, भदौ । बाँकेमा विहीबा थप २८ जनाले कोरोना भाइरस संक्रमण जितेर आइसोलेसलबाट डिस्चार्ज भएका छन् । १२ महिलासहित २८ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फाकेलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । विहीबार डिस्चार्ज हुनेमा प्रदेश सांसददेखि कर्मचारीसम्म छन् । प्रदेश पाँचका सांसद कृष्णा केसी नमुना, नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य मञ्जु नेपाली, वडा नं.१३ र १८ का वडा सचिवसहित २८ जना डिस्चार्ज हुन लाग्नुभएको छ । उहाँहरु

तस्विरः फाइल

बारा ०४, भदौ । कोरोना संक्रमणबाट बारा र रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बुधबार राति ११ बजेतिर अचानक श्वास प्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याएलगत्तै उनको मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डा.उदय नारायण सिंहले जानकारी दिनुभयो । योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुने बाराका मात्रै

कर्णाली प्रदेशको स्थापना दिवस : भूगोल पाइयो, तर सपना अधुरै

सुर्खेत ४ भदौ । २०७२ साउन २३ गतेदेखि अखण्ड मध्यपश्चिम प्रदेशको माग गर्दै वीरेन्द्रनगरमा सुरु भएको आन्दोलनपछि भदौ ४ गते तत्कालिन राजनीतिक दलले मध्यपश्चिमका जिल्ला समेटेर छुट्टै प्रदेश बनाउने सहमति गरे । पछि सोही सहमतिअनुसार संविधानमा ७ प्रदेश रहने र साविक कर्णाली अञ्चलका पाँच, भेरीका तीन र राप्तीका दुइ जिल्ला समेटेर ६ नम्बर प्रदेशको व्यवस्था भयो । जसलाई प्रदेशसभाको पहिलो अधिवेशनले ‘कर्णाली प्रदेश’ नामकरण गरिसकेको छ । प्रदेश स्थापनाका लागि

कोरोना अपडेटः आज ७०७ थपिए, ६ जनाको मृत्यु

काठमाडौं ०४, भदौ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा काठमाडौं, मकवानपुर, सप्तरी र पर्साका रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष, पर्साका एक महिला र दुई पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १२६ पुगेको

कोरोना अपडेटः आज ७०७ थपिए, ६ जनाको मृत्यु

काठमाडौं ०४, भदौ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा काठमाडौं, मकवानपुर, सप्तरी र पर्साका रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष, पर्साका एक महिला र दुई पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १२६ पुगेको

अछाममा बढीले बस्ती बगायो, ४ जनाको शव भेटियो, १९ जना बेपत्ता

अछाम ०३, भदौ । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ ।अहिलेसम्म ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् । बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ ।प्रहरी घटनास्थलमा पुग्दै छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।