विशेष समाचार

कोरोना अपडेटः आज ७०७ थपिए, ६ जनाको मृत्यु

काठमाडौं ०४, भदौ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा काठमाडौं, मकवानपुर, सप्तरी र पर्साका रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष, पर्साका एक महिला र दुई पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १२६ पुगेको

कोरोना अपडेटः आज ७०७ थपिए, ६ जनाको मृत्यु

काठमाडौं ०४, भदौ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा काठमाडौं, मकवानपुर, सप्तरी र पर्साका रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष, पर्साका एक महिला र दुई पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १२६ पुगेको

अछाममा बढीले बस्ती बगायो, ४ जनाको शव भेटियो, १९ जना बेपत्ता

अछाम ०३, भदौ । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ ।अहिलेसम्म ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् । बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ ।प्रहरी घटनास्थलमा पुग्दै छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

धनगढीमा लकडाउनबारे आज निर्णय हुने

धनगढी ०३ भदौं । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पुनः लकडाउन गर्ने वा अन्य विकल्प रोज्नेबारे आज निर्णय गरिने भएको छ। समुदायस्तरमा कोरोना संक्रमित फेला पर्न थालेको भन्दै पुनः लकडाउनको तयारी गरिएकोमा आज उप–महानगरपालिकाको कार्यपालिका बैठकले सो बारेमा निर्णय गर्ने जनाइएको छ। धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले लकडाउन गर्ने वा अन्य विकल्प रोज्नेबारे आज निर्णय हुने बताए। ‘केही दिनका लागि लकडाउन नै गर्ने तयारीमा छौ,’ मुडभरीले भने, ‘तर अहिले नै

आज बुवाको मुख हेर्ने दिन

काठमाडौं ०३ भदौ. । आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन् । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौं ०३ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा बिहान १० बजे राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो । १०१ वर्षका घिमिरेलाई श्वासप्रश्वासमा समस्या देखिएपछि घरमै अक्सिजन दिएर राखिएको थियो । घिमिरेको जन्म वि.सं १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा

मन्त्रिपरिषद् हेरफेरको तयारी

काठमाडौं ०२, भदौ । केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको साढे दुई वर्ष पूरा भएको र नेकपाभित्रको शक्ति संघर्षलाई व्यवस्थापन गर्न मन्त्रिपरिषद पुनः गठन हुने भएको छ। नेकपाभित्र झण्डै दु्ई महिनादेखि उत्कर्षमा पुगेको विवादलाई साम्य पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा मन्त्री भएकासहितलाई विदाइ गरेर नयाँ व्यक्तिलाई मन्त्रिपरिषद‍मा ल्याउने तयारी थालेका हुन्। पाँच वर्षे कार्यकाल लिएर २०७४ फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको भदौ

तस्विरः फाइल

नेपालगन्ज ०२, भदौ । कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज ५ का ६२ बर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेजमा गएराती ११ः ४० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । फोक्सोमा समस्या देखिएपछि उनी साउन ३२ गते अस्पताल भर्ना भएका थिए । उनको त्यसैदिन स्वाव लिइएको थियो । त्यसको भोलिपल्ट सोमवार दिउँसो तीन बजे उनको कोरोना भाइरस संक्रमण रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन

तस्विरः फाइल

काठमाडौं ०१, भदौं । कोरोना संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ। पछिल्लो पटक पर्सामा दुई तथा ललितपुर, मोरङ र जनकपुरमा एक–एक जनाको मृत्यु भएको हो।

कस्तो होला आजको मौसम ?

काठमाडौं ०१, भदौं । देशभरको मौसम सोमबार सामान्यतया बदली भइ केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्युन चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित छ । तर बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकाले बदली भएको हो । अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । प्रदेश ५ तथा कर्णाली प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक–दुई