काठमाडौँको टुँडिखेलमा माघी महोत्सव लाग्ने
काठमाडौँ । थारु समुदायको नयाँ वर्षका रूपमा मनाउने माघीको अवसरमा काठमाडौँको टुँडिखेल मैदानमा माघी महोत्सव लाग्ने भएको छ । पुस २९ र माघ १ गते मेला लाग्ने भएको हो । महोत्सवमा स्टल राख्नका लागि बुकिङ पनि खुल्ला गरेको छ । पुस २९ गते जितामर्ना, रक्तदान कार्यक्रम हुने स्टल संयोजक चन्द्र प्रकाश चौधरीले बताए । स्टल बुकिङ यही पुस २७ गतेसम्म गरिने छ । हालसम्म ४० वटा बुक भइसकेको उनले जनाए