दैलेखमा संक्रमित सगै राखेपछी, भारतबाट आएका क्वारेन्टिनबाटै भागे
दैलेख दैलेख सदरमुकामस्थित नारायण नगरपालिकाको नारायण क्याम्पसकाे क्वारिन्टिनमा राखिएका नागरिकहरु सोमबार भागेका छन् । जम्मा १०५ जनाको क्षमता भएको क्याम्पसमा काेराेना संक्रमित सहित भारतबाट आएका २१९ जनालाई दुई दिनदेखि सगै राखेपछि उनीहरु भागेका हुन् । दुई दिनअघि काेराेना पुष्टि भएका १७ जना क्वारेन्टिनमै छन् । क्वारेन्टिनमै रहेका अन्यमा पनि सोमबार कोरोना पुष्टि भएसँगै क्वारेन्टाइनमा रहेका संक्रमितको संख्या ३४ पुगेको छ। पछिल्लाे समय कर्णाली प्रदेशमा मजदुरीको लागि भारत गएका नागरिकहरु ठूलो