विशेष समाचार

आज ३०२औँ पृथ्वी जयन्ती, देशभर सार्वजनिक बिदा

काठमाडौं । नेपाल एकीकरणका अभियन्ता तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।  विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको

सर्लाही अदालतमा बम्जनलाई उपस्थित गराइयो

सर्लाही । अनुयायी बेपत्ता पारेको अभियोगमा पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा आज उपस्थित गराएको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई बुधबार राति सर्लाही ल्याएको थियो । ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडास्थित उनकै निवासबाट पक्राउ गरेको थियो । यवतीमाथि यौन दूराचार तथा अनु्यायी बेपता बनाएको आरोपमा उजुरी आएपछि २०७६ सालमा बम्जनविरुद्ध पक्राउ पूर्जी जारी गरी प्रहरीले

काठमाडौँको टुँडिखेलमा माघी महोत्सव लाग्ने

काठमाडौँ । थारु समुदायको नयाँ वर्षका रूपमा मनाउने माघीको अवसरमा काठमाडौँको टुँडिखेल मैदानमा माघी महोत्सव लाग्ने भएको छ । पुस २९ र माघ १ गते मेला लाग्ने भएको हो । महोत्सवमा स्टल राख्नका लागि बुकिङ पनि खुल्ला गरेको छ ।  पुस २९ गते जितामर्ना, रक्तदान कार्यक्रम हुने स्टल संयोजक चन्द्र प्रकाश चौधरीले बताए । स्टल बुकिङ यही पुस २७ गतेसम्म गरिने छ । हालसम्म ४० वटा बुक भइसकेको उनले जनाए

सातै प्रदेशका प्रहरी प्रमुख फेरीए: कोशीमा खापुङ,मधेस प्रदेशमा पोखरेल

काठमाडौं । प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ । आज मंगलबार गृह मन्त्रालयले गरेको डीआईजीहरुको सरुवामा सातै प्रदेशका प्रहरी प्रमुखहरु फेरिएका छन् । कोशी प्रदेशमा चन्द्र कुवेर खापुङ, मधेसमा यज्ञ विनोद पोखरेल, बागमती प्रदेशमा विष्णु कुमार केसी र गण्डकीमा विकाश राज खनाललाई सरुवा गरिएको छ । कुवेर कडायतलाई लुम्बिनी, लालमणी आचार्यलाई कर्णाली र रवीन्द्र केसीलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

चिसो बढेसँगै तराईका भू-भागमा हुस्सु र कुहिरो

काठमाडौं : केहीदिनयता चिसो बढेसँगै तराईका अधिकांश भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज मंगलहार बिहान सार्वजनिक गरेको मौसम बुलेटिनमा कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको र तराईका अधिकांश भू–भागमा हुस्सु/कुहिरो लागेको उल्लेख छ । विभागले आज दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरका साथै चिसोबाट बच्न

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटियो

काठमाडौं । नेपालमा पहिलो पटक कोभिड–१९ को ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट जेएन. वानको सङ्क्रमण पुष्टि भएको छ । जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन वान को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन् । देशका विभिन्न भागहरूबाट सङ्कलन गरिएका १६ वटा पोजेटिभ नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ गते गरेको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट सात वटा नमुनामा ओमिक्रोनको सब भेरियन्ट जेएन.वान पुष्टि भएको हो

बरहथवा घटना: तीन दिनसम्म पनी उठेन जयशंकरको शव

काठमाडौं । सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय युवक जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । जिल्लाको बरहथवा नगरपालिका–६ को प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका विषयमा भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा साहको शुक्रबार दिउँसो प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । तर, आन्दोलनकारी र प्रशासनबीच सहमति हुन नसक्दा साहको शव तून द्न भैसक्दा पनि घटनास्थल (सडक)बाट उठाइएको छैन । मृतक परिवार तथा आन्दोलनकारीले मृतकलाई शहीद घोषणा, मृतकको नामबाट

राष्ट्रिय सभामा माओवादीले सबै उम्मेदवारको नाम टुंगो लगायो

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गठबन्धनबाट भाग पाएअनुसार राष्ट्रिय सभाका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाएको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार सुदूरपश्चिममा महिला कोटामा रेणु चन्द, कर्णालीमा दलित तर्फबाट विष्णु विश्वकर्मा, लुम्बिनीमा अन्यबाट झक्कु सुवेदी त्यस्तै कोशीबाट चम्मादेवी कार्की उम्मेदवार बन्दा बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी र गण्डकीमा महिलातर्फ मनरूपा शर्माको नाम टुंगो लागेको पौडेलले जानकारी

राष्ट्रियसभा सदस्यमा  राष्ट्रपतिबाट जनमोर्चाकी दुर्गा पौडेल मनोनीत

काठमाडौं । सत्ता गठबन्धन दलबिच राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भागबन्डा मिलेको छ । भागबन्डा मिलेसँगै राष्ट्रिय जनमोर्चाको भागमा मनोनीत सदस्य परेको छ ।  राष्ट्रपतिबाट मनोनीत एकसहित राष्ट्रियसभा २० सदस्यको पदावधि फागुन २० मा सकिँदै छ । १९ सिटका लागि गठबन्धनले सहमति जुटाइसकेको छ । बाँकी रहेको राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्य पनि भागबन्डा भएको छ । जुन भाग जनमोर्चालाई परेको हो । राष्ट्रपतिबाट मनोनीत सिटमा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललाई

पत्रकार दाहालको सक्रियतामा विद्यार्थिले पाए खेलकुद सामग्री

नेपालगन्ज : नेपालगन्जका सक्रिय पत्रकार खगेन्द्र दाहालको सक्रियतामा खजुराका विद्यार्थिले खेलकुदका सामग्री पाएका छन । खजुराको आर्दश माविका विपन्न परिवारका विद्यार्थिहरुलाई सहयोग गर्न खबरगन्जका पत्रकार दाहालले सामाजिक सञ्जालमा सहयोगका लागि आग्रह सहितको पोष्ट गरेका थिए । खेलकुदमा भाग लिन आवश्यक जुत्ता नहुदाँ खालि खुट्टा प्रतियोगिताहरुमा भाग लिन पर्ने बाध्यता भएको खबर पाएपछि विद्यार्थिहरुका लागि सहयोग गर्न पर्छ भन्ने लागेर अभियान सन्चालन गरी सहयोग गरिएको पत्रकार दाहालले जनाए । फेसबुक ग्रुप