विशेष समाचार

बर्दियाबाट दाङमा वनभोजका लागी आएको बस दुर्घटना

दाङ: बर्दियाबाट दाङमा वनभोजका लागि आएको यात्रुबाहाक बस दाङमा दुर्घटना भएको छ। बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तरगत अमेलिया –तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै  दुर्घटनामा परेको हो। दुर्घटनामा २० जना घाइते भएको दाङका जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।घटनास्थलमा प्रहरी निरीक्षकको टोली पुगेको र उद्दार कार्य भैरहेको जानकारी दिए । घाइते कति

आज तमु ल्होसार,देशभर सार्वजनिक बिदा

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउने गर्छन् । गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको छ ।

नेपालगन्जमा पल शाहलाई हेर्न आउने दर्शकको थामिनसक्नुको भिड

नेपालगन्ज : लोकप्रिय नायक पल शाह शनिबार नेपालगन्जमा थिए। नेपालगन्जमा जारी महोत्सवमा सहभागी हुन उनी शनिबार नेपालगन्ज आएका हुन्। पललाई हेर्न लाखौं दर्शकको भिड थियो। महोत्सव स्थल दर्शकको भिडले भरिएको थियो। पलकै लागि भनेर नेपालगन्जको चिसोलाई वास्ता नगरेर भएपनि बेलुली ५ बजेसम्म दर्शकहरु कुरेर बसेका थिए। जब पल स्टेज चढे माहोल बेग्लै बनेको थियो। दर्शकले ताली र हुटिङले स्वागत गरेका थिए। पलले केही गीतहरुमा नृत्य गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए।

ललितपुरका सिडीओ,प्रहरी प्रमुख र ईपीएस शाखा  प्रमुखलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौँ । दुई जना युवकको ज्यान जाने गरी  ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा गम्भीर लापरबाही देखिएको भन्दै  सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ ।  सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । शुक्रबार कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)को परीक्षा दिन नपाएका युवाले

रुपन्देहीमा ७ वर्षीया बालिकाको हत्या, एक जना पक्राउ

रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उक्त कार्यालयका अनुसार कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् । उनको शव शनिबार मर्चवारी–१ इस्लामपुरमा फेला परेको हो । कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ

बालकुमारी घटनामा दुईको मृत्यु,७३ जना पक्राउ

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा दुई जनाको मृत्यु भएको छ भने प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । स्थानीय प्रशासनका अनुसार घटनामा ७ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी ३ जना प्रदर्शनकारी रहेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, ‘उक्त घटनामा अहिलेसम्म एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ, प्रहरी सहित सात जना घाइते भएका छन्, घटनाको थप अनुसन्धान

टंक तिमिल्सिनाको गीत 'राम साइली' रिलिज

काठमाडौं : लोकप्रिय गायक टंक तिमिल्सिनाको नयाँ गीत रिलिज गरिएको छ। बिहीबार ‘राम साइली’ बोलको गीत टंकले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन्। गीतमा प्रभा बर्तौला र मणि रत्नको शब्द छ। त्यस्तै, गीतमा टंक तिमिल्सिनाकै संगीत रहेको छ। गीत डान्सिङ प्याटर्नमा आधारित रहेको छ। गीतको भिडियो पनि आकर्षक बनाइएको छ। भिडियोमा दिपक ढकाल, मौनता अर्याल, दिनेश नेपाली र लक्ष्मी बिकको नृत्य र अभिनय रहेको छ। भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका

प्रहरीको गोली लागेर घाइते युवक शाहको पनि मृत्यु

काठमाडौं। कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि बालकुमारीमा युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा थप एक युवकको मृत्यु भएको छ । प्रहरीले अश्रुग्यास, गोली र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये डोटीका २२ वर्षीय युवक वीरेन्द्र शाहको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।  यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

ललितपुरमा प्रहरीको गोली लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

काठमाडौं । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेख घर भइ भक्तपुर बस्ने २३ वर्षीय सुजन राउत रहेका छन् । गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि किस्ट अस्पतालमा लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ईपीएस मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन गोली

जीप दुर्घटनामा परी बाजुरामा सवारी धनीको मृत्यु

बाजुरा । बाजुराको गौमूल गाउँपालिका स्थित मालिवनमा बिहिवार राती जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।  खप्तड छेडेदह गाउँपालिका–६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से१ज ९८९ नंको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए । उनका अनुसार जिपमा सवार जय मालिका यातायात