विशेष समाचार

हर्क साम्पाङले कार्यकक्षमा राखे किराँती राजा यलम्बरको फोटो

विराटनगर । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले आज (बिहिवार) आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किराँती राजा यलम्बरको फोटो टांगेका छन । उनले बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे पूर्वघोषणा गरेका थिए । त्यसैबमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउदै किराँती राजा यलम्बरको फोटो टाँगेका हुन । मेयर साम्पङले बुधवार सामाजिक सञ्जालमा लेखेका थिए, ‘भोलि (बिहिवार) म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन

जहाज दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष

काठमाडौँ । गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको छ । पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएकै

चिसो बढेसंगै मुसहर बस्तीको जनजीवन कष्टकर

नवलपरासी । चिसो बढ्दै जाँदा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । मुसहर बस्तीमा करिब एक सय १३ घरधुरी बसोबास गर्छन् । उनीहरु दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने जनाइएको छ । स्थानीय शान्ति मुसहरले भने, ‘जाडोमा न लगाउने न्यानो कपडा छ, न पेटभरि खाने अन्न । जाडो छल्न घामको पार ताप्नु परेको छ । ब्लकले बनाएको सानो घरमा न ढोका छ न त झ्याल ।

सात दिनभित्र हाजिर नभए २१ प्रहरीलाई सेवाबाट हटाइने

काठमाडौं । एक महिनायता सम्पर्कविहीन प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिइएको छ । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै उनीहरूलाई सम्पर्क आउन निर्देशन दिएको हो । उक्त कार्यालयले एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका २१ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो । एक जना प्रहरी वरिष्ठ हवलदार, पाँच जना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी एक महिनाभन्दा बढी

प्रिन्सिपल स्वर्णकारको हत्याका मुख्य आरोपी सुटर सिंह पक्राउ

बारा । बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याका मुख्य आरोपी सुटर सुजित सिंह पक्राउ परेका छन् । उनलाई मंगलबार राति दुवै खुट्टामा गोली हानेर नियन्त्रणमा लिएको हो ।  भारत मोतिहारी दर्पाथाना–१, सुक्लहियाका २५ वर्षीय सुटर सुजितकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार गएराति बजेबाराको विश्रामपुर गाउँपालिका—३ मा फेला परेका सिंहलाई प्रहरीले पक्राउ गर्न खोज्दा भाग्न थालेपछि खुट्टामा

प्रदेश प्रहरी प्रमुख सरुवा गर्न चलखेल

काठमाडौँ । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) सरुवा गर्न छलफल सुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख सहितका डीआईजीहरु सरुवा गर्नेगरी छलफल भइरहेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । पाँच वटा प्रदेशमा कार्यरत डीआईजीको कार्यावधि ९ महिना पुगेको छ । गण्डकी प्रदेशका डीआईजी बुद्धिराज गुरुङ र कर्णाली प्रदेशका डीआईजी भीम प्रसाद ढकाल बाहेक अन्यको कार्यावधि ९ महिना मात्रै भएको हो । तर, आईजीपी वसन्त कुँवरले कार्यावधि पूरा नहुँदै प्रदेशका

प्रधानमन्त्रीले भने अब कार्यशैली बदल्छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफ्नो कार्यशैली बदल्ने बताएका छन् ।  आज (मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्दै उनले बाहिरका कार्यक्रममा नभइ नीति कार्यक्रम र बजेटको तयारी तथा नीतिगत काममा केन्द्रित हुने बताए । सरकारले एक वर्षमा हासिल गरेको उपलब्धीको विवरण सुनाउँदै प्रचण्डले यो अवधिमा धेरै काम भएपनि आफू पूर्ण सन्तुष्ट नरहेको बताए । उनले भने— ‘म स्वीकार गर्छु सरकार असफल त भए तर मेरो हुटहुटी अनुसारको परिणाम पनि

नेपालगन्ज महोत्सवमा समीक्षा अधिकारी (तस्वीर)

नेपालगन्ज : लोकप्रिय गायिका समीक्षा अधिकारी मंगलबार नेपालगन्जमा थिइन्। नेपालगन्जमा जारी महोत्सवमा प्रस्तुति दिन आएकी उनले दर्शकलाई भरपुर मनोरञ्जन दिइन्। उनले आफ्ना आधा दर्जन बढी लोकप्रिय गीतहरू गाएर दर्शकहरुलाई नचाएकी थिइन्। उनको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए। उनले प्रस्तुति दिँदै गर्दाका केही तस्वीरहरु यस्ता छन्:-

नेपालगन्जमा बिराजको गजबको क्रेज

नेपालगन्ज : एक्सन नायकका रुपमा नेपाली सिनेमा उद्योगमा छुट्टै क्रेज बनाएका नायक हुन् बिराज भट्ट। त्योबेलाको बिराजको क्रेज अहिले पनि उत्तिकै छ। लामो समयपछि ‘साँङलो’ सिनेमामा डेव्यू निर्देशनसँगै कमब्याक गरेका बिराज फ़ेरि नयाँ सिनेमा ‘१२ गाउँ’को निर्माण तयारीमा छन्। नयाँ सिनेमाको निर्माण तयारीसँगै बिराज नेपालका विभिन्न मेला महोत्सवमा पनि सरिक भइरहेका छन्। सोमबार मात्रै बिराज नेपालगन्ज आएका थिए। नेपालगन्जमा जारी महोत्सवमा बिराज आएका हुन्। बिराजलाई हेर्नको लागि सोमबार नेपालगन्जको महोत्सव

रूसी सेनामा कार्यरत एक नेपालीको मृत्यु

रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ। रूसी सेनामा कार्यरत थप एक नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। ‘मन्त्रालयले नेपालका लागि रूसका राजदूतमार्फत् रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन पुन:अनुरोध गरिएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यस्तै, युक्रेनमा बन्दी भएका चार जना नेपाली नागरिकहरूलाई रिहाइ गर्न मन्त्रालयले