विशेष समाचार

बाँकेमा बस दुर्घटनामा परी २ जनाको मृत्यु,२७ जना घाइते

दिपेशजंग शाह/बाँके : नेपालगञ्ज-कोहलपुर सडक खण्डको गनापुर नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।मृत्यु हुनेमा दाङ तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र बसका सहचालक तुलसीपुरका २४ वर्षीय सन्तोष भुसाल रहेको प्रहरीले जनाएको छ । बिहिवार दाङको तुल्सिपुरबाट नेपालगञ्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको बस बिहान ११:१५ बजे बाँकेको जानकी गाउँपालिका गनापुरस्थि नमस्ते रिसोट नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बाँके प्रहरीको सफलता: ठूलो मात्रामा सुनचाँदीसहित ४ जना पक्राउ

नेपालगंज । बाँके प्रहरीले ठूलो परिमाणमा सुन र चाँदीसहित चार जनालाई नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो प्रहरीले नेपालगन्ज २ का महेश मुराउ, नेपालगन्ज ११ का २१ वर्षीय राहुल सोनार, राप्तीसोनारी ४ का ओमजंग चौधरी र राजापुर बर्दियाका ४२ वर्षीय निम प्रकाश सुनारलाई ४०७ ग्राम सुन र साढे १० केजी चाँदीसहित पक्राउ गरेको हो । सोमबार दिउँसो विषेश सुराकीको आधारमा बाँके प्रहरीले बिल भरपाइ नभएको सुन, चाँदी र ०३०१–०२४ च

कतारमा हुने तिज बिशेष कार्यक्रममा गायिका रिता थापा आउदै

दर्शन सुनार/कतार । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा कतारमा “रमाइलो तिज विशेष” साँस्कृतिक कार्यक्रम हुने भएको छ । शुक्रबार कतारस्थित अल लक्तामा रहेको टयुनिसियन स्कुलको सभाहलमा बिहान ११ बजे देखी सुरु हुनेछ । नेपाली महिला समाज कतार र एनसिसी कतारको महिला बिभागको समन्वय तथा विभिन्न संघ-संस्थाहरुको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष लोक दोहोरी गायिका रिता थापा मगर आउने भएकी छिन ।  कार्यक्रममा महिला

डेंगी संक्रमित बढ्दै, दैनिक एक सयभन्दा बढीमा सङ्क्रमण

काठमाडौं । साउनयता  दैनिक एक सयभन्दा बढी डेंगी संक्रमित थपिइरहेको तथ्यांकले देखाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार अगष्टका २३ दिनमा (१ देखि २३ अगष्ट) सम्म दुई हजार पाँचजनामा डेंगी पुष्टि भएको छ ।  यही अवधिमा संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । हाल ७५ जिल्लामा सीमित रहेको संक्रमितको संख्या आगामी सेप्टेम्बरमा झनै थपिनसक्ने ईडीसीडीको आकलन छ ।  गत बर्ष सन् २०२३ मा कोसी प्रदेशअन्तर्गत सुनुसरीको धरानमा सबैभन्दा

एक वर्षमा बैदेशिक रोजगारीमा रहेका १३ सय बढी नेपालीको मृत्यु

काठमाडौँ । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका एक हजार तीन सयभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न कारणले एक हजार ३७८ जना नेपालीले ज्यान गुमाएका हुन । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी विभिन्न रोग लागेका छन् । विभिन्न रोग लागेर २६१ जना नेपालीले ज्यान गुमाएका छन् । त्यसपछि आत्महत्या १९२, प्राकृतिक मृत्यु १९१, हृदयाघात १२०, सवारी दुर्घटनामा

टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी, बालेनको पक्षमा हुटिङ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध काठमाडौंको टुँडिखेलमा नाराबाजी भएको छ । सुदूरपश्चिमको मुख्य चाड गौरा पर्वमा गएका प्रधानमन्त्री ओलीविरुद्ध दर्शकदीर्घाको अन्तिम लहरबाट नाराबाजी भएको हो । उनीहरूले ‘केपी तेरो पाराले, दुःख पाएर साराले’सहितका नारा लगाएका थिए । मञ्चको केही टाढाबाट नाराबाजी गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा भने हुटिङ गरेका थिए । नाराबाजीको अन्त्यतिर उनीहरूले ‘बालेन, बालेन’ भनेर हुटिङ गरेका

सिन्धुली दुर्घटना अपडेट : कार भेटियो, तीनजना अझै बेपता

सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको कारलाई गोताखोरको टोलीले भेटेको छ । कार भेटिएपनि त्यसमा सवार तीनजना भने बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्ले आज बिहान २ बजेतिर गाडी फेला पारिएको बताए । उनका अनुसार गाडी भेटियो तर मान्छे अझै भेटिएका छैननु । उनीहरुको खोजीकार्य जारी रहेको उनले बताए । शनिबार साँझ खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–१–२३ च ६३६६ नम्बरको इसुजु

तनहुँ बस दुर्घटनाको शव लिन भारतीय सेनाको जहाज चितवन आइपुग्यो

तनहुँ । तनहुँको आँबुखैरेनी ४ ऐनापहरामा शुक्रबार भएको बस दुर्घटनाको शव लिन भारतीय भारतीय वायु सेनाको जहाज चितवन आइपुगेको छ।  शुक्रबार भएको दुर्घटनामा निधन भएका २७ जनाकै शव चितवनस्थित चितवन मेडिकल कलेजमा राखिएको छ। उनीहरूको पोस्टमार्टमपछि भारतीय राजदूतावाससँगको समन्वयपछि पठाउन लागिएको हो।  भारत सरकारकी युवा मामिला तथा खेलकुद राजयमन्त्री रक्षा निखिला खड्से पनि नेपाल आएकी छिन्। उनले काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका घाइतेहरूलाई भेटेकी थिइन्। उनी पनि अहिले चितवन पुगेकी

विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा’ सार्वजनिक

काठमाडौं । चर्चित लोक गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ । यो गीत युट्युबमा अपलोड गरिएको ९ घण्टामै ५ लाख ४२ हजार बढी भ्युअर्स पाइसकेको छ ।  प्रत्येक वर्ष नयां तीज गीत ल्याउने माझिले यसपालीको तीजलाई पनी लक्षित गर्दै ‘आइनँ आमा यो तिजमा’ बोलको गीत गाएकी छन् । विष्णु माझीको हरेक तीज गीतमा महिलाका पीडा समेटिएको हुन्छ । जसकारण माझीका गीतको दर्शकका लागि पखाईको हुन्छ । विष्णु

भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दी नदीमा खस्यो,१४ जनाको मृत्यु

काठमाडौं । पृथ्वीराजमार्गको दमौली मुग्लिङ सडकखण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरास्थित मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खस्दा १४ जनाको मृत्यु भएको छ ।  सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए । उनले १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको जानकारी समेत दिए । बसमा भारतीय पर्यटक सवार रहेको जानकारी दिए । उद्धारका लागि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगिसकेको उनले