विशेष समाचार

क्षमतावान मान्छेहरु बोकेर हिडेको छु, देश बनाएरै छोड्छु :  रबि लामिछाने

दर्शन सुनार, कतार : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने यति बेला देश बनाउने दौडानमा हिडेका छन्। बिदेश भ्रमणका क्रममा रहेका लामिछाने बिहीवार कतार आईपुगे। शुक्रबार दोहाको ओसिसबीच क्लबमा  प्रवास नेपाली सम्पर्क विभाग कतारले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई  लामिछानेले सम्बोधन गरे। चौतिस बर्षसम्म पुराना दलले आफ्ना मान्छे बोक्ने र ठेक्का पट्टा सार्ने मात्रै काम गरेकोले देश आज बर्बादी र दलदलमा फसेको सम्बोधनका क्रममा लामिछानेले बताए । लामिछानेले अन्य

दीपेन्द्रले ‘दुःखी’ आत्मा’ को निर्देशन गर्ने

काठमाण्डौं : चलचित्र ‘नाङ्गो गाउँ’को सफलतापछि निर्देशक दीपेन्द्र लामाले नयाँ चलचित्र बनाउने घोषणा गरेका छन् । निर्देशक लामाले निर्माता हिमाल कडरियासँगको सहकार्यमा नयां चलचित्र ‘दुःखी आत्मा’ बनाउने घोषणा गरेका हुन् । यो चलचित्रमा नायक दयाहाङ राइले काम गर्ने पक्का भएको छ भने कलाकार र प्राविधिकहरुको चयन चाडै गरिने निर्माणपक्षले बताएको छ । क्लब क्रियसन्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रले समाज भित्र विभिन्न परिवेशमा बाँचिरहेका मानिसहरुको कथालाई कमेडी नजरबाट देखाउने निर्माण

आर्थिक अवस्था कमजोर भएका पदमले पाए खाद्यान्न सहयोगसँगै जागिर

नेपालगन्ज : दुई सन्तान र एक बयोवृद्ध आमा । श्रीमतिले साथ छोडेपछि सकसमा परेका पदम शाही ज्याला मजदुरी गरेर जीवन गुजारा गर्दै आएका थिए । दैनिक काम खोज्दै गुजारा गर्दै आएका उनको परिवारलाई साँझबिहानको छाक टार्न पनि मुस्किल थियो । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ मा भाडाको घरमा बस्दै आएको पदमको परिवारको अवस्थाबारे केही दिनअघि खबरगन्जले फेसबुक पेजमा जानकारी राखेर सहयोगको आह्वान गरेको थियो । शुक्रबार खबरगन्जको टिमले विभिन्न

'सतीदेवी'ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौं : लक्ष्मण सुवेदी निर्देशित सिनेमा ‘सतीदेवी’ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। शुक्रबार सिनेमाले केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको हो। एउटा सामाजिक कथामा आधारित सिनेमामा अभिनेत्री मलिका महत मुख्य भुमिकामा रहेकी छिन्। निर्माण टिमले केही हप्ता अघि फर्स्टलुक पोस्टर रिलिज गरेको थियो। फर्स्टलुक पोस्टरले राम्रै चर्चा पायो। अब भने दर्शक पूरा सिनेमा हेर्नलाई कुरेर बसेका छन्। दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको

२ किलो सुनसहित नागढुंगाबाट ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ । रसुवा नाकाबाट अवैध रुपमा सुन काठमाडौं ल्याइँदै गरेको भन्ने विशेष सुचनाको आधारमा नगढुंगाबाट उक्त परिणामको सुन बरामत गरेको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए । प्रहरीले पक्राउ पर्नेहरुको नाम भने सार्वजनिक गरेको छैन ।

मंसिर २७ बाट हिमालयन रि इन्स्योरेन्सको आईपिओ बिक्री हुने

काठमाण्डौं : मंसिर २७ गते बुधवारदेखी हिमालयन रि इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले दश अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर जारी भएको छ। कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड

सडक निर्माण नहुँदा  स्थानीयले निकाले विरोध र्‍याली

सुर्खेत । मङ्गलगढी–काँक्रेविहार सडक स्तरोन्नतिको काम रोकिएपछि यहाँका स्थानीयले प्रदेश राजधानी वीरेन्द्रनगरमा विरोध र्याली निकालेका छन् । लाटीकोइली युवा समाजको अगुवाइ र स्थानीयको सहभागितामा आज लाटिकोइलीबाट वीरेन्द्रचोक हुँदै मङ्गलगढीसम्म सरोकारवालाको ध्यानाकर्षण गर्दै दबाबमूलक विरोध र्‍याली निकालिएको हो । सडक कालोपत्र सुरु नगरी निर्माण कम्पनी सम्पर्कविहीन भएपछि विरोध र्‍याली निकालिएको समाजका सदस्य थोमस गौतमले बताउनुभयो । अठार महिनाभित्र सक्ने गरी काम सुरु भए पनि पाँच वर्षसम्म सडक निर्माण नहुँदा विरोध ¥याली

एनसेलको सेयर बिक्रीको अभिलेखीकरण नगर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई २५ मंसिर छलफलमा बोलाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : ६ जना भए थुनामुक्त

काठमाडौं : उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । अदालतले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् । ६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले बताए । धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् । सन्दीप रायमाझी पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन्

सिनेमा 'दुई कदम'को ट्रेलर रिलिज

काठमाडौं : उदय सुब्बा निर्देशित सिनेमा ‘दुई कदम’को ट्रेलर रिलिज गरिएको छ। बुधबार राजधानीको वान सिनेमाजमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर रिलिज गरेको हो। २ मिनेट ३ सेकेन्ड लामो ट्रेलरमा सिनेमाका अधिकांश कलाकारहरुलाई देखाइएको छ। तथापि सिनेमाका नायक इओन लिम्बूलाई चाहिँ बढी नै स्थान दिइएको महशुस हुन्छ। इओन र सिनेमाकी नायिका सिमोन गिरी ट्रेलरमा हाबी छन्। इओनकी प्रेमिकाको रुपमा सिमोनलाई ट्रेलरमा देख्न सकिन्छ। अन्जान हुँदै सुरुभएको इओन र