सुन गाल्ने कारखानामा छापा, करिब ७ किलो सुन सहित एकजना पक्राउ
काठमाडौँ । राजधानीको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको हो । सो क्रममा प्रहरीले सञ्चालक ४१ वर्षीया पाण्डेलाई पक्राउ गरेको छ । कारखानामा तस्करीबाट ल्याइएको सुन गाल्ने गरेको प्रहरीको भनाइ छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको बताए । प्रहरी