विशेष समाचार

रुसी सेनामा कार्यरत थप ३ नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उदयपुरका मोहन तामाङ, बागलुङका ध्रुव घर्ती र रञ्जित गुरुङको मृत्यु भएको हो । गुरुङको भने ठेगाना खुलिसकेको छैन । यससँगै रुसी सेनामा ज्यान गुमाउनेको नेपालीको संख्या ४३ पुगेको छ । त्यस्तै, रुसले ३५ जनाको डीएनए परीक्षणको नमुना पठाइदिन नेपाल सरकारलाई पत्राचार गरेको छ । रुसी सेना भर्ती भई ज्यान गुमाएकाको शव पहिचानको लागि निकट परिवारिक सदस्यको डीएनए

मैले हजारौँलाई चिनेँ, आफैँलाई चिनिनँ !

मैले हजारौँलाई चिनेँसयौँलाई धेरथोर बुझेँ पनि होलातथापि, मसँग छ मेरै लागिप्रश्नैप्रश्नको ठूलो झोलामैले आफैँले आफैँलाई चिनिनँ ! आँ गर्दा अलंकार बुझ्नेयो विलक्षण कला कमैसँग होलानिकै वसन्त काटिसकेँअनुभवको कमी पनि त नहोलातर खै, मैले आफैँले आफैँलाई किन चिनिनँ ! कैयौँ पहाड भत्किएर मैदान भएसयौँ अस्तु बगे खोलैखोलाम भने अझै टोलाएर बसेकी छुकहाँ जाने के गर्ने होला ? क्रिस्चियानिटी पढेँ, इस्लाम बुझेँहिन्दुत्व पाइलापाइलामा होलाबुद्धका उपदेशहरू कण्ठस्थ छन् लौन, कुन गन्तव्यचाहिँ मेरो होला ! सबैले

अब तिमीले मलाई जान देऊ

अब तिमीले मलाई जान देऊ । अब तिमीले मलाई जान दिनुपर्छ । मलाई बिदाबारी गरिदिनुपर्छ । बिदाइमा आँसु झार्न सुहाउँदैन । मुस्कानमय उपस्थितिमा मलाई जान दिनुपर्छ । कति रहर गुम्स्याउनु, कति भावनाहरूले वेग मार्नु, कति अनुनयविनयको विलाप गर्नु ! आखिर एक दिन त छुट्टिनु नै छ । थाहा छैन, आफूदेखि आफैँ पनि कहाँ पुग्नुपर्ने हो ! कुन दिन के हुन्छ कसैलाई थाहा हुँदैन । जानुपर्ने कहाँ हो यो भवसागरमा, हामी यता

प्रहरीका डीएसपी शाही सहित ३ नेपाली सिंगापुर प्रहरीको निशानामा

काठमाडौं: नेपाल प्रहरीका एकजना डीएसपीसहित ३ नेपालीको जन्मकुण्डली खोजी थालिएको छ। नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालले ३ नेपालीको विवरण माग गरेको हो। स्रोतका अनुसार उनीहरूले आतंकवादसँग जोडिएर आर्थिक कारोबार गरिरहेको आशंका छ। जसमा नेपाल प्रहरीका डिएसपी हेमबहादुर शाही समेत परेका छन्। कैलाली घर भएर कैलालीकै धनगढीस्थित गणमा कार्यरत डिएसपी शाहीसहित कालिकोटका महेन्द्रजंग शाह र कालिकोटकै दिपेन्द्रबहादुर शाहले आतंककारी गतिविधिमा संलग्न रही ठूलो आर्थिक कारोबार गरिरहेको भन्दै विवरण माग गरिएको हो।

‘एक्टर’मा देखिए राजबल्लभ र प्रदिप फरक भुमिकामा

काठमाडौं । चलचित्र ‘एक्टर’बाट अभिनयमा कमव्याक गरेका अभिनेता राजबल्लभ कोइराला र  प्रदिप खड्काको क्यारेक्टर थिम पोस्टर सार्वजनिक गरिएको छ । पोस्ट प्रोडक्सनमा रहेको चलचित्रको पहिलो पोस्टरमा कोइराला मात्र चित्रित छन् । जसमा सिगार सेवन गरिरहेका राजबल्लभले नायक प्रदीप खड्काको तस्वीर हेर्दै गरेको देखिन्छ ।  दाह्री र जुँगामा रहेका राजबल्लभको लुक्स, अगाडिको टेबल र पृष्ठभूमि हेर्दा उनी अनुसन्धानकर्मी हुनसक्ने अनुमान लगाउन सकिन्छ । अभिनेता कोइरालाको यही चलचित्रबाट १० वर्षपछि पुनरागमन गर्दै छन्

सांगीतिक प्रस्तुतीका लागी लोक गायिका रिता थापा मगर कतारमा

दर्शन सुनार/कतार । राष्ट्रिय लोक तथा दोहोरो गित प्रतिष्ठानकी अध्यक्ष तथा लोकदोहोरी गायिका रिता थापा मगर सांगीतिक प्रस्तुति दिन कतार आईपुगेकी छिन ।नेपाली महिला समाज कतार र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनसिसी कतारको महिला बिभागको समन्वय तथा विभिन्न सघं-संस्थाहरुको संयुक्त आयोजनामा  हुन लागेको “रमाईलो तिज सचेतना तथा विबिध साँस्कृतिक कार्यक्रम” मा थापा सांगीतिक प्रस्तुति दिन  बिहिवार दोहा आई पुगेकी हुन ।नेपालबाट आमन्त्रित थापालाई स्वागत गर्नको लागी नेपाली महिला

बाँकेमा बस दुर्घटनामा परी २ जनाको मृत्यु,२७ जना घाइते

दिपेशजंग शाह/बाँके : नेपालगञ्ज-कोहलपुर सडक खण्डको गनापुर नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।मृत्यु हुनेमा दाङ तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र बसका सहचालक तुलसीपुरका २४ वर्षीय सन्तोष भुसाल रहेको प्रहरीले जनाएको छ । बिहिवार दाङको तुल्सिपुरबाट नेपालगञ्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको बस बिहान ११:१५ बजे बाँकेको जानकी गाउँपालिका गनापुरस्थि नमस्ते रिसोट नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बाँके प्रहरीको सफलता: ठूलो मात्रामा सुनचाँदीसहित ४ जना पक्राउ

नेपालगंज । बाँके प्रहरीले ठूलो परिमाणमा सुन र चाँदीसहित चार जनालाई नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो प्रहरीले नेपालगन्ज २ का महेश मुराउ, नेपालगन्ज ११ का २१ वर्षीय राहुल सोनार, राप्तीसोनारी ४ का ओमजंग चौधरी र राजापुर बर्दियाका ४२ वर्षीय निम प्रकाश सुनारलाई ४०७ ग्राम सुन र साढे १० केजी चाँदीसहित पक्राउ गरेको हो । सोमबार दिउँसो विषेश सुराकीको आधारमा बाँके प्रहरीले बिल भरपाइ नभएको सुन, चाँदी र ०३०१–०२४ च

कतारमा हुने तिज बिशेष कार्यक्रममा गायिका रिता थापा आउदै

दर्शन सुनार/कतार । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा कतारमा “रमाइलो तिज विशेष” साँस्कृतिक कार्यक्रम हुने भएको छ । शुक्रबार कतारस्थित अल लक्तामा रहेको टयुनिसियन स्कुलको सभाहलमा बिहान ११ बजे देखी सुरु हुनेछ । नेपाली महिला समाज कतार र एनसिसी कतारको महिला बिभागको समन्वय तथा विभिन्न संघ-संस्थाहरुको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष लोक दोहोरी गायिका रिता थापा मगर आउने भएकी छिन ।  कार्यक्रममा महिला

डेंगी संक्रमित बढ्दै, दैनिक एक सयभन्दा बढीमा सङ्क्रमण

काठमाडौं । साउनयता  दैनिक एक सयभन्दा बढी डेंगी संक्रमित थपिइरहेको तथ्यांकले देखाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार अगष्टका २३ दिनमा (१ देखि २३ अगष्ट) सम्म दुई हजार पाँचजनामा डेंगी पुष्टि भएको छ ।  यही अवधिमा संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । हाल ७५ जिल्लामा सीमित रहेको संक्रमितको संख्या आगामी सेप्टेम्बरमा झनै थपिनसक्ने ईडीसीडीको आकलन छ ।  गत बर्ष सन् २०२३ मा कोसी प्रदेशअन्तर्गत सुनुसरीको धरानमा सबैभन्दा