छठ पूजाका लागि सिङ्गारियो जनकपुरको छठ घाट
जनकपुर । हिन्दूहरुले मनाइने पर्वहरुमध्ये छठ प्रमुख पर्व हो । मधेशका गाउँ-गाउँमा छठको रौनक छाएको छ । जनकपुरधाम र वीरगञ्जमा छठ घाट दुलहीझैं सिंगारिएको छ । वीरगञ्जको घडियर्वा पोखरीमा छठ घाट सिंगार्न १५ लाख बढी खर्चिएको छ । जनकपुरधामको छठ घाटहरु पनि लाखौं खर्चिएर आकर्षक बनाइएको छ । जनकपुरधामको गंगासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, दुधमती जलाशयहरुमा धुमधामसंग छठ मनाइन्छ । रंगिचंगी विद्युतीय बत्तीहरु छठ घाटमा लगाएपछि जनकपुरधामको सौन्दर्य