विशेष समाचार

भारतमा भएको सडक दुर्घटनामा परी सुर्खेतका एकै परिवारका पाँच जनाको मृत्यु

सुर्खेत । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको एकै परिवारका ५ जनाको मृत्यु भएको छ । शुक्रबार भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुकामा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँचजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सर्खेतको चौकुने गाउँपालिकाका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरु ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार र उनीहरुका भाइबुहारी सुस्मिता नेवार रहेको बताइएको छ । उनीहरू

नवौं धारा नेपालगन्ज म्याराथनको पुरस्कार राशि वृद्धि गरिने

काठमाडौं । मंसिरमा हुने नवौं धारा नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ९ गते आयोजना हुने म्याराथनको नगद पुरस्कार राशीमा वृद्धि गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाकारी दिएको हो । साथै केही सरप्राइज प्याकेज पनि रहने म्याराथनमा नगद पुरस्कारसम्बन्धि विस्तृत जानकारी चाँडै जानकारी गराइने बताइएको छ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति

सहसचिव अर्याल र पुडासैनी सचिवमा बढुवा

काठमाडौं । सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको हो । भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालाले उनीहरुलाई सचिवमा बढुवा गरिएको जानकारी दिए ।

संसदको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले बिहीबार मध्य रातिबाट संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।

१७ वटा नगरपालिकाले निजी कम्पनीको पैसा खाए: मेयर बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कुनै निजी कम्पनीबाट पैसा खाएर उपत्यका मेयर फोरमको बैठक बोलाइएको गम्भीर आरोप लगाएका छन् । बुधवार ललितपुर महानगरपालिकाको अध्यक्षतामा बसेको फोरमको बैठक बिचैमा छाडेर बाहिरिएका शाहले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् । १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेर आफूले कसैको अपमान नगरेको मेयर शाहको तर्क छ । उनले भनेका छन्, ‘नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नु

बिहीबार रिगललाई आममाफी दिने निर्णयविरुद्धको फैसला हुदै

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धको सुनुवाइ बुधबार सकिएपनि निर्णय आज बिहिवार सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा बिहिवार निर्णय सुनाउने जानकारी दिएको हो । संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफासिरसँगै ढकाल

डिजेल र मट्टितेलको मूल्य घट्यो,पेट्रोल र ग्यासको मूल्य यथावत

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगमले जनाएको छ । योसँगै नयाँ मूल्य १६४ रुपैयाँ कायम भएको छ। पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ। आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान

प्रिन्सिपल सर्राफ हत्या प्रकरणमा एक महिलासहित ६ जना पक्राउ

जनकपुरधाम । बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ । प्रिन्सिपलको हत्यामा संलग्न रहेको आसंकामा तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ पर्नेहरुमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्वशिक्षिकासमेत रहेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकाहरुको नाम भने

भारत रेल दुर्घटना: १३ को मृत्यु,५० जनाभन्दा बढी घाइते

काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशको विजयनगरमा आइतबार राति विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल आपसमा ठोक्किएर दुर्घटना भएको हो । रेलमन्त्री अश्विनी वैष्णवका अनुसार उद्धार कार्य जारी छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको उनले बताए । दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको

स्वास्थ्यमन्त्री बस्नेत सहितको टोली नयाँ दिल्ली प्रस्थान

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिणपूर्वी एशिया क्षेत्र (सेरो)को पूर्ण बैठकमा भाग लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत सहितको टोली भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेको छ। बैठकमा भाग लिन स्वास्थ्यमन्त्री बस्नेत, मन्त्रालयका सचिव डा रोशन पोखरेल, मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा, डा दिपेन्द्ररमण सिंहलगायत रहेको नेपाली टोली भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन् । बैठकले यस क्षेत्रका लागि नेतृत्व गर्न नयाँ क्षेत्रीय निर्देशक चयन गर्दैछ। भारतको नयाँ