विशेष समाचार

झापा जाँदै गरेको हायस दुर्घटना,१८ जना घाइते

उदयपुर । काठमाडौंबाट झापातर्फ जाँदै गरेको हायस मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडक खण्डको अधेरीमा दुर्घटना भएको छ । जिल्ला ट्राफिक कार्यालय उदयपुरका अनुसार प्र. १–०२–०००४ क २०७६ नम्बरको हायसको पछाडिको चक्का खुस्केर दुर्घटनामा परेको हो । दुर्घटनामा परि चालकसहित १८ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था चिन्ताजनक छ । चालक सिन्धुलीको सुनकोशी–५ का २३ वर्षीय सागर ठकुरी र पाँचथरको फिदिम ननगरपालिका– ६ का ७२ वर्षीय

३ महिनादेखि तलब नपाएपछी धनुषा हुलाकका कर्मचारी उत्रिय आन्दोलनमा

जनकपुरधाम । तलब नपाएपछि जिल्ला हुलाक कार्यालय धनुषाका कर्मचारीले आन्दोलन थालेका छन् । पहिलो चरणको आन्दोलनअन्तर्गत उनीहरू कार्यालय अगाडि काम ठप्प पारेर धर्नामा बसेका छन् । कर्मचारी मनिता महतोले चाडपर्वको मुखमा तलब नदिएको भन्दै आन्दोलनका लागि बाध्य भएको बताइन् । उनले भनिन्, ‘तलबका लागि पटक-पटक कार्यालय प्रमुखसँग आग्रह गर्‍यौं । तर उहाँ कुनै वास्ता गरिराख्नु भएको छैन ।’ जिल्ला हुलाक कार्यालयमा ५० जनाबढी कर्मचारी छन् । उनीहरूले तीन महिनादेखि तलब

खाद्यद्धारा च्यांग्रा र खसीबोकाको मूल्य निर्धारण

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्यांग्राको मूल्य निर्धारण गरेको छ । आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जिउँदो खसी र बोकाको मूल्य प्रतिकेजी ६८० कायम गरेको छ भने च्यांग्राको मूल्य प्रतिकेजी एक हजार २६० रुपैयाँ निर्धारण गरेको छ । यो मूल्यमा १० रुपैयाँ छुट दिने निर्णय भएको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खरिद गरेर खसीबोका र च्यांग्रा

महामन्त्रीद्वयले भने- कोशी घटनाको जिम्मेवारी सभापतिले लिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकार गठन घटनाको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन् । सोमबार सभापति देउवाले कोशी घटनाबारे छलफल गर्न महामन्त्री थापा र शर्मालाई आफ्नो निवासमा बोलाएका थिए । छलफलपछि महामन्त्रीद्वयले कोशीमा अहिले परिस्थिति देखापर्नुमा सबैभन्दा ठूलो कमजोरी सभापतिबाटै भएको बताए ।कोशीमा कांग्रेसममा विद्रोह गरेका ८ र एमालेका ३९ सांसदको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । र,

कोशीमा मन्त्रिपरिषद् गठन, शम्शेर र रामबहादुर बने मन्त्री

विराटनगर : कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । उनले एमाले र कांग्रेसका एक–एक जनालाई मन्त्री बनाएका छन् । जसअनुसार कार्कीको शपथपछि प्रदेश प्रमुखले शम्शेर राई र राम बहादुर रानाले पनि मन्त्रीको शपथ लिएका हुन् । मगर एमाले र राई विद्रोही काँग्रेस हुन् ।  कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनी कांग्रेसका ८ सांसदको विद्रोह र एमालेको

कोशी प्रदेशका मुख्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । कार्की शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए ।

बडादसैँ सुरु,बिहान ११:२९ मा घटस्थापनाको उत्तम साइत

काठमाडौँ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ ।

सरकार र स्थानीय कर्मचारीबीच १९ बुँदे सहमति

काठमाडौं । संघीय निजामति सेवा ऐनको विरोध गर्दै आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ। २० बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारी केन्द्रीय संघर्ष समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टाराईको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच शनिबार वार्ता भएको थियो।

गायक पोखरेलको ‘चित्त दुख्छ रे उनैको’ सार्बजनिक

काठमाडौं : तीन दशकभन्दा लामो समयदेखि गायन क्षेत्रमा सक्रिय गायक सिताराम पोखरेलको नयाँ गीत ‘चित्त दुख्छ रे उनैको’ सार्वजनिक भएको छ । शनिबार ओएसआर डिजिटल युट्युप च्यानलबाट सार्वजनिक गरेको गीतमा सागर शरद अधिकारीको संगीत, सञ्जय श्रीपालको एरेन्ज रहेको छ ।माया प्रेममा एक प्रेमीले प्रेमिकाप्रती पोखेको पीडा साथै परिवार सदैव मिलेर बस्नुपर्छ भन्ने कथाबस्तुलाई देखाइएको गीतको शब्द मुनाल शिशिर कोइरालाले कोरेका हुन । गीतको मोडलिङमा गायक पोखरेललाई उषा उप्रेतीले साथ दिएकी

कोशीमा सांसहरूले मध्यावधि रोक्ने बाटो रोजेः मुख्यमन्त्री कार्की

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कोशीमा मध्यावधि निर्वाचन रोक्न सांसदहरूले आफूलाई रोजेको बताएका छन्। मुख्यमन्त्री नियुक्त भएपछि पत्रकाहरूसँगको कुराकानीमा कार्कीले गठबन्धनको मात्रै संख्याले प्रदेश मध्यावधिमा जाने निश्चित देखेपछि त्यो रोक्नका लागि आफूले कदम चालेको उनले बताए। यसलाई पार्टी र नेतृत्वले अस्वाभाविक रूपमा नलिने विश्वास समेत व्यक्त गरे। ‘संविधान मान्ने र संविधानवादमा विश्वास गर्ने पार्टी संविधानसम्मत गरेको कामकारबाहीलाई सकारात्मक लिन्छ भन्ने ठानेको छु,’ उनले भने, ‘कहिलेकाहीँ अस्वभाविकजस्तो देखिन्छ। त्यसको परिणाम