विशेष समाचार

गोली लागेर घाइते भएकी असई पत्नी चौधीरीको मृत्यु

काठमाडौं । नेपाल प्रहरीका पूर्व आईजी ध्रुवबहादुर प्रधानका पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) असई लक्ष्मण चौधरीको श्रीमती शर्मिला चौधरीको मृत्यु भएको छ । गोली लागेर घाइते अवस्थामा भेटिएका शर्मिलाको उपचारका क्रममा प्रहरी अस्पतालमा मृत्यु भएको हो । शर्मिला यही असोज १० गते काठमाडौं महानगरपालिका–४ पञ्चकन्यास्थित डेरामा कोखामा गोली लागेको अवस्थामा भेटिएकी थिइन् । प्रहरी बृत्त महाराजगञ्जको टोलीले उद्धार गरेर उनलाई उपचारका लागि प्रहरी अस्पताल पुर्याएको थियो । शर्मिलालाई गोली लागेको समयमा

नेपालगञ्जमा पुन: कर्फ्यु जारी

काठमाडौं । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर पुनः विवाद उत्पन्न भएपछि बाँकेको नेपालगञ्जमा फेरि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै आजबाट फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ । प्रशासन कार्यालयले जारी गरेको सूचनामा नेपालगन्ज उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा

गुण्डा नाइके रिगलको माफीबारे हामीलाई थाहा छैनः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गुण्डा नाइके योग ढकाल ‘रिगल’को आममाफीबारे आफुहरुलाई थाहा नभएको बताएका छन् । समाजवादी जागरण अभियानका क्रममा रौतहटमा रहेका नेता नेपालले उनले गुन्डा नाइके रिगललाई आममाफी दिने सरकारको निर्णयमा आफूहरूको सहमति नभएको बताएका हुन् । उनले भने, ‘नेपालगञ्जका एक अपराधीलाई आममाफी दिने कुरामा हाम्रो सहमति छैन । हामीसँग सरकारले यस विषयमा छलफल गरेको पनि छैन ।’ त्यस्तै उनले भारतले मिचेको नेपाली भूमि फिर्ता

अस्पतालबाट फर्केर पुन: अनशन बसिन् भारती

काठमाडौं । तरुण दलका नेता योग ढकाल रिगलको आममाफी विरुद्ध भारती मानन्धर आज पुनः माइतीघरमा अनशन बसेकी छन् ।  हिजो बुधबार सर्वाेच्च अदालत परिसरमै बेहोस भएर ढलेपछि उपचारका लागि वीर अस्पताल लगिएकी भारती उपचारपश्चात आज फेरि अनशन बसेकी हुन् । सरकारले आफ्ना श्रीमान् श्रीमान चेतन मानन्धरका हत्याराको बाँकी कैद मिनाह गरेको विरोधमा उनले हिजोदेखि अनशन सुरु गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकेका योग ढकाल

सुरक्षाकर्मीलाई सचेत रहन निर्देशन

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सुरक्षाकर्मीलाई सचेत रहन निर्देशन दिएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकमा देशका विभिन्न भागमा साम्प्रदायिक गतिविधिहरु बढिरहेको विषयमाथि छलफल भएको थियो । बैठकपछि जारी विज्ञप्तिमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण सम्बन्धमा समीक्षा भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला केही दिनहरुमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधिहरु,

बाढीमा परी सिक्किममा २३ सेनासहित ४३ जना बेपत्ता

वर्षाका कारण उत्तर पश्चिम सिक्किममा रहेको साउथ ल्होनाक तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा २३ सैनिक र सर्वसाधारणसहित ४३ जना बेपत्ता भएका छन् । एक अधिकारीका अनुसार राङ्पो र आसपासका क्षेत्रमा गए राति करिब तीन हजार देखि चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने जिल्लामा पाँच वटा राहत शिविर पनि खोलिएको छ । सिक्किमका डिस्ट्रिक्ट म्याजिस्ट्रेट टासी चोपेलका अनुसार धेरै भवन र सवारी साधनमा क्षति पुगेको, करिब २० सर्वसाधारण

बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बांकी

काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन । 

डिआइजीकै संरक्षणमा जुवा सञ्चालन

काठमाडौं । व्यापारी र उद्योगपतिहरूको सहरको रुपमा चिनिएको कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकासँगै जोडिएको एक गाउँपालिकामा करोडौंको अवैध जुवा खेल सञ्चालन हुँदै आएको स्थानीयले दृष्टिलाई बताएका छन् । कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बाँस्तोला र मोरङ जिल्ला प्रहरीका कार्यालयका प्रमुख एसपी प्रमुख दीपक पोखरेल दुवैले उक्त घटनामा आँखा चिम्लिएर बसेका छन् । कोशी प्रदेशको राजधानी विराटनगर महानगरसँगै जोडिएको ग्रामथान गाउँपालिकाको वडा नम्बर ४ मा रहेको मोतीपुरस्थित लोहोन्द्रा नदीको आसपास

वैशाख दोस्रो हप्ताबाट कक्षा १२ को परीक्षा हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यो शैक्षिक सत्रमा कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन गर्ने भएको छ। बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने जनाएको हो।  परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा पूरक परीक्षा गर्ने बोर्डको कार्यतालिका छ। नतिजा भने २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डको योजना छ।  त्यस्तै कक्षा ११ को परीक्षा विद्यालयहरूले २०८१ को

भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको खेलमा सेमिफाइनल प्रवेशका लागि नेपालले २०३ रनको लक्ष्य पाएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०२ रन बनाएर नेपाललाई उक्त लक्ष्य प्रस्तुत गरेको हो । भारतका लागि यशस्वी जैसवालले १०० रन बनाए भने कप्तान रुदरात गाइकवाडले २५ रन बनाए । त्यस्तै तिलक बर्मा र जितेश शर्माले क्रमशः २ र ५ रन बनाउँदा शिवम् दुवेले