विशेष समाचार

डाक्टरमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउपर्नेमा गुल्मी घर भई चाबहिल बस्दै आएका रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतम रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए । आइतबार काठमाडौं मेडिकल कलेजमा डाक्टर मनिष खड्कामाथि हातपात गरेको उनीहरुमाथि आरोप लागेको छ । प्रहरीका

सरकारद्धारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले शनिबार रातिदेखि लागू हुने गरि आयल निगमले बढाएको ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने निर्णय गरेको हो । बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानै मूल्यवृद्धि कायम गर्न आयल निगमलाई निर्देशन दिएको जानकारी दिए । निगमले शनिबार सूचना जारी गर्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको जानकारी दिएको थियो । चाडपर्वको मुखमा सरकारले मंहगी बढाएको

बिहानैदेखि वीरेन्द्रनगरको एरिचोक तनावग्रस्त

सुर्खेत । शुक्रबार र शनिबार छुट्टा–छुट्टै भएको घटनामा परी मृत्यु भएका दुई जना बालकका आफन्तले वीरेन्द्रनगरको एरिचोकमा आइतबार बिहानैदेखि पुनः आन्दोलन सुरु गरेका छन् । दुवै बालकका आफन्तद्वारा संयुक्त रूपमा आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइरहेका छन् । जसका कारण एरिचोक परिसर बिहानैदेखि तनावग्रस्त अवस्थामा छ ।  वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका–६ खिड्कीज्यूला घर भएका पाँच वर्षीय बालक दिग्दर्शन पुरीको शनिवार मृत्यु भएको थियो । यस्तै

दोभानमा भेटियो खोलाले बगाएको जिप

पर्वत : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जिप फेला परेको छ। कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जिप फेला परेको हो। जिपसँगै एक जना यात्रु मृत भेटिएका छन् । मृतकको सनाखत भने भइसकेको छैन। जिपमा सवार रहेका अन्य दुई यात्रुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए।

खाना पकाउने ग्यास  सिलिण्डर २१५ ले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार (भोलि) बिहान १ बजदेखि लागु हुने गरी मूल्य बढाइएको हो । खाना पकाउने ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको छ ।  यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौँ । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ ।  आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व, यज्ञ तथा ठुला कार्य

प्रधानमन्त्री प्रचण्ड स्वदेश प्रस्थान

चीन । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण सकेर आज स्वदेश प्रस्थान गरेका छन् । एक साताको औपचारिक भ्रमणका लागि असोज ६ गते चीन पुगेका प्रचण्ड छेन्दुबाट आज (शनिबार) बिहान नेपाल प्रस्थान गरेका हुन् । उनलाई सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए । प्रधानमन्त्रस् प्रचण्डले चीन भ्रमणको पहिलो दिन असोज ६ गते हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेका थिए । उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

सुर्खेत। मोटरसाइकलको ठक्करबाट सुर्खेतमा पाँच वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका पाँच वर्षीय टुकदर्शन गिरी रहेकाको  प्रहरीले जनाएको छ ।  वीरेन्द्रनगरको एरिचोक–मुलपानी खण्डमा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई कर्णाली केयर अस्पतालमा लिइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ । अहिले आफन्तहरूले वीरेन्द्रनगरको

सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ घाइते

सल्यान । सल्यानको छत्रेश्वरीमा गएराति जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका- ५ तीर्थपोलेमा लु १ ज १८६१ नम्बरको जिप दुर्घटना हुँदा सल्यानकै शारदा नगरपालिका- १२ तिमिलेकी करिब ७५ वर्षीया ध्रुवी बोहरा र शारदा- १५ बरलाका ४५ वर्षीया मुना सेजवालको मृत्यु भएको प्रहरीले जनाएको छ। छत्रेश्वरी गाउँपालिका- ५ लेखपोखराबाट शारदा नगरपालिका- १२ कागखोला तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले

जनमतले भन्यो–कुनै पनि दलसँग एकता वा गठबन्धन गर्दैनौँ

काठमाडौँ । जनमत पार्टीले कुनै पनि दलसँग एकता र गठबन्धन नगर्ने प्रष्ट पारेको छ । बिहीबार पत्रकारसँगको छलफलमा जनमतका प्रवक्ता डा. शरदसिंह यादवले अन्य दलसँग राजनीतिक सम्बन्ध राख्ने तर पार्टी एकता र गठबन्धन नगर्ने प्रष्ट पारेका हुन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्ध रहेको भन्दै उनले पार्टी एकता र गठबन्धन भने नगर्ने बताए ।  यस्तै प्रवक्ता यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सप्तरीमा चुनाव लडेपछि मनमुटाब भएको तर अहिले त्यस्तो नरहेको पनि