शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ: का.वा.प्रधानमन्त्री
काठमाडौँ । सरकारले शिक्षकहरुसँग विगतमा भएका सहमतिबाट पछि नहट्ने स्पष्ट गरेको छ । कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँग सरकारले गरेका सहमतिबाट पछि नहट्ने बताएका हुन् । बिहीबार कांग्रेस केन्द्रीय समिति बैठकमा सरकारका तर्फबाट धारणा राख्दै शिक्षक महासंघले अहिले राखेका मागमध्ये कतिपय शिक्षा नियमावलीमै समावेश गर्नुपर्ने खालका रहेको समेत बताए । ‘शिक्षा नियमावलीमा राख्नुपर्ने बाँकी छन्’, उनले भने,‘ त्यो विषयमा उहाँहरुसँग छलफल र वार्ता गरेर यी–यी विषय हामी शिक्षा नियमावलीमा सम्बोधन