एक महिनामा भित्रियो १ खर्ब १६ अर्ब रेमिट्यान्स
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा वित्तीय रिपोर्ट सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको वित्तीय रिपोर्ट अनुसार साउनमा मात्र १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको हो । यो गत वर्षको तुलनामा २५.८ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको साउन मसान्तमा अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८