विशेष समाचार

राजकीय सम्मानका साथ आज सुवास नेम्वाङको अन्त्येष्टि गरिँदै

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ ।  नम्वाङको निधनमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ । श्रद्धाञ्जलीका लागि मंगलबारदेखि एमाले पार्टी कार्यालयमा राखिएको उनको पार्थिव शरीर दुबै छोरा नेपाल आएपछि हिजो दिउँसो निजी निवास बालुवाटार लगिएको थियो । नेम्वाङको सोमबार राति हृदयतघातबाट निधन भएको थियो ।

पहिलोपटक नेपालमा पाठेघर क्यान्सरविरुद्धको खोप लगाउन सुरु

काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप दिन सुरु गरेको छ । आज स्वास्थ्यमन्त्री मोहन बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीबाट खोपको औपचारिक उद्घाटन गरेका हुन् । नेपालमा पहिलोपटक डेमोस्ट्रेसनका रुपमा १४ पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई यो खोप दिन सुरु गरिएको हो ।सुरु भएको खोप कार्यक्रम सातै प्रदेशका प्रदेश स्तरीय अस्पतालबाट दिइनेछ ।  पहिलो चरणमा नौ हजार ५ सय किशोरीलाई खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गतको

घर तोडफोड प्रकरणमा धरान उपमेयरका भाइसहित ८ जना पक्राउ

काठमाडौं । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाको घर तोडफोड र आक्रमणमा संलग्न ८ जना पक्राउ परेका छन् । मंगलबार धरानमा भएको ग्याङ फाईटको अनुसन्धानका लागि उपमेयर अइन्द्रका भाई विष्णुसहित ८ जनालाई नियन्त्रणमा लिएको धरानका डीएसपी नवराज मल्लले बताए । पक्राउ पर्नेहरुमा विष्णुसहित उनको समूहका बाघवीर भन्ने सुरज तामाङ, मेनल तामाङलाई रहेका छन् । त्यस्तै सन्देशका ग्याङका अमृत तामाङ, अनिल मगर, सागर भनिने दीपेन्द्र राई, सञ्जीव राईलाई पक्राउ गरिएको प्रहरीले

भ्रष्टचारको आरोपमा  बाइडेनलाई महाअभियोग लगाउने तयारी

अमेरिकी राष्ट्रपति जो बाइडेन पनि भ्रष्टचारको आरोपमा परेका छन् । यसअघि पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि भ्रष्टाचार गरेको आरोपमा महाअभियोग लगाइएको छ । अमेरिकी संसदका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति बाइडेनविरुद्ध महाभियोगको छानबिन सुरु गर्न अनुमोदन गरेका छन् । विदेशी सञ्चारमाध्यमका अनुसार म्याकार्थीले बाइडेन परिवारको व्यापारिक कारोबारबारे छानबिन सुरु गर्न निर्देशन दिएका हुन् । म्याककार्थीले मंगलबार अमेरिकाको क्यापिटल हिलमा भने, ‘म आज राष्ट्रपति बाइडेन विरुद्ध औपचारिक महाभियोग अनुसन्धान सुरु गर्न हाउस

निमित्त प्रहरी प्रमुखको जिम्मेवारी एआईजी थापालाई

काठमाडौं । नेपाल प्रहरीको निमित्त प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाले पाएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर सोमबार राति कोरिया प्रस्थान गरेपछि थापाले निमित्त प्रमुखको जिम्मेवारी पाएका  हुन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख रहेका थापालाई आईजीपी कुँवरले निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएका हुन् ।

भारतमा टिपर दुर्घटना हुँदा रुकुम पश्चिमका दुईको मृत्यु,तीनजना घाइते

रुकुम । भारतको हिमाचल प्रदेशमा दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ बुढ्डेराका जयबहादुर बुढा र डिलबहादुर सुनारको मृत्यु भएको हो । तीनजना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट–११ की खली बुढा, कर्णसिंह सुनार र तिलक बुढा रहेको स्थानीयवासी दलजित विकले जानकारी दिए । घाइते हुनेमा अन्य जिल्लाका पनि रहेका छन् । कामबाट कोठा फर्किने क्रममा उनीहरू चढेको टिपर पल्टिएको

टीकापुरमा स्कुल बस दुर्घटना हुँदा १५ विद्यार्थी घाइते

टीकापुर । टीकापुर नगरपालिका वडा नं. १ स्थित त्रिपथ विद्या निकेतनको स्कुल बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । विद्यार्थी पुर्‍याउन गएको स्कुल बस जानकी गाउँपालिका वडा नं. ९ कुन्तीस्थित रानी कुलाको नहरमा खसेको थियो । घटनाका प्रत्यक्षदर्शीका अनुसार ना५ख ४५६४ नम्बरको उक्त बस नहरमा खस्दा १५ जना विद्यार्थी घाइते भएका छन् । घाइतेलाई टीकापुरतर्फ ल्याइएको घटनास्थलबाट प्रत्यक्षदर्शी विष्णु भाटले जानकारी दिए । स्कुल बस नहरमा खसेको बताउँदै

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौँ । काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए ।  बालुवाटारस्थित निवासमा हृदयघात भएसँगै उनलाई परिवारले त्रिवि शिक्षण अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट विजयी भएका थिए । उनी एमाले संसदीय दलका उपनेता समेत हुन् । 

दश सहसचिवको सरुवा, ६ जिल्लाका सीडीओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीको सरुवा मन्त्रालय भएको थियो । तामाङ राष्ट्रिय जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुवेदीको पनि सरुवा भएको छ। सुवेदीलाई दाङको सीडीओ बनाइएको छ । उता दैलेखका प्रमुख

नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित राजस्व अधिकृत पक्राउ

काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एकजना सरकारी कर्मचारीलाई बांके प्रहरीले नियन्त्रणमा लिएको छ। नेपालगञ्जबाट काठमाडौं जान लागेका आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई उक्त नगदसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए। उनका अनुसार अहिले अनुसन्धान जारी रहेको छ। विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलोमात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।